नेपालमा जाडो समयमा बसाई सरी आउने हिउँदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा प्रजनन नेपालमा पत्ता लागेको छ ।
हिउँदयामको सुरुवात सँगै बढ्दो जाडो छल्न नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न ताल, तलैया र ठुला नदीहरुमा बसाई सरी आउने यस चराको प्रजन्न नेपालमा पहिलो पटक जाजरकोटको रग्दा र रुकुमको गोतामकोट सिमामा बग्ने भेरी नदी किनारमा फेला परेको छ ।
नेपाल पन्छी संरक्षण संघ र जिल्ला पशु सेवा कार्यालय जाजरकोटका पशु स्वास्थ्य प्राविधिक गोबिन्दबहादुर सिंहको टोलीले जाजरकोटको उक्तरी बारेकोट क्षेत्रमा दुर्लभ गिद्ध र चिरकालीजको बासस्थान अनुगमनका क्रममा जलेवाको बासस्थान फेला पारेको हो ।
समुन्द्र सतहबाट करीव १२५० मिटरमाअवस्थितउक्त स्थानमाजलेवाका आँठ ओटा गुँड भेटीएका छन । नेपालमा भदौ मध्यदेखि चैत सम्ममा देखिने हिउँदे आगन्तुकको रुपमा चिनिएको यस पक्षीले नेपालमा सम्भवत पहिलो पटक गुँड बनाई चल्ला कोरलेकोे नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले जानकारी दिए ।
खाँसगरी उत्तरी धुर्वमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपाल आउने जलेवाले उक्त क्षेत्रमा भने गुँड बनाइ बच्चा कोरलिरहेको छ ।
उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने जलेवा ताल र ठुला नदीहरुमा बस्ने नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरी बताउँछन ।
प्रतिक्रिया 4