Comments Add Comment

ब्रेन ट्युमरको उपचारमा अहिलेसम्मकै ठूलो उपलब्धी

braintumerवैज्ञानिकहरुले ब्रेन ट्युमरको उपचारमा अहिले सम्मकै ठूलो उपलब्धी हासिल गरेका छन् । ब्रेन ट्युमरको उपचारमा प्रयोग गर्ने औषधिलाई रक्त अवरोध हटाएर मष्तिष्कमा रहेको ट्युमरसम्म पूराउन वैज्ञानिकहरु सफल भएका हुन् ।

बेलायतको युनिभर्सिटी अफ साउथ पोर्टस्माउथस्थित ब्रेन ट्युमर रिसर्च सेन्टरले एस्पि्रन औषधिको एक यस्तो घुलनशील द्रव्य विकशित गरेको छ जसले मस्तिष्कसम्म कुनैपनि पदार्थ पुग्ने बाटोमा रहेको तगारो हटाएर ट्युमरसम्म औषधिलाई पुग्ने बाटो बनाइदिन्छ । प्रयोगशालामा परीक्षणका दौरान यस बाट मष्तिष्कका स्वस्थ कोशिकाहरुलाई हानी नपूराइकन क्यान्सर कारक ग्लियोब्लास्टोमा कोशिाहरुलाई नष्ट गर्न सकिन्छ ।

युनिभर्सिटकिा ब्रेन ट्युमर अनुसन्धान केन्द्रका प्रमुख स्यू फ्यारिंगटनका अनुसार यो अनुसन्धान भविष्यमा मस्तिष्क क्यान्सर रोगको उपचारमा गेेम चेन्जर बन्न सक्दछ । अन्य क्यान्सरका तुलनामा ४० वर्षको उमेरभन्दा पहिले ब्रेन क्यान्सरबाट धेरै मानिसको मृत्यु भएको पाइन्छ ।

मस्तिष्कमा रगत, मस्तिष्क तगारो यस्तो ढालस्वरुपमा रहेको हुन्छ जसले मस्तिष्कलाई विभिन्न जिवाणुहरुबाट बचाउँदछ । यसले मस्तिष्कसम्म केवल रगत, पानी तथा केही ग्यास र घुलनशील अणुहरुलाई मात्र जान दिन्छ । यो निकै नै सुरक्षित प्रणाली स्वस्थ मानिसमा अत्यावश्यक छ तर यहीँ प्रणालीका कारण ब्रेन ट्युमर भएको मानिसको उपचारका लागि प्रयोग गरिने औषधि मस्तिष्क सम्म पुग्न पाउँदैन ।

यद्यपि गत वष नै वैज्ञानिकहरुको एक टोलीले केमो थेरापी विधिद्धारा औषधिलाई ठीक ठाउँमा पूराउने विधि पत्ता लगाएका थिए । तर बेलायती वैज्ञानिकहरुले पत्ता लगाएको पछिल्लो विधि सबैभन्दा सरल तथा भरपर्दो देखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment