+
+

जोय लेड्ली भर्सेस केभिन डि ब्रुयन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते १२:२०

players (10)

जोय लेड्ली

भलै उनले गत शनिबार पार्क डेसमा पोष्ट म्याच पत्रकार सम्मेलनमा ‘प्रिन्सेस डान्स’ देखाएर सबैलाई मन्त्रमुग्ध पारे तर दिउँसो नर्दन आयरल्याण्डबिरुद्ध उनको प्रदर्शन भने सन्तोषजनक थिएन ।

धेरै भन्दा धेरै आक्रमण बुन्ने बेल्जियमको टोलीबिरुद्ध बेल्सका लागि जिम्मेबार मिडफिल्डरको आवश्यकता पर्छ । विपक्षी आक्रमणलाई चिर्नका लागि वेल्स टोलीलाई उनीजस्ता मिडफिल्डरको जिम्मेबारी धेरै हुन्छ ।

मैदानमा अग्रपंक्ति र रक्षापंक्तिमा पनि उत्तिकै प्रभावशाली देखिने उनी बेल्जियमका लागि टाउको दुखाइ बन्न सक्छन् । शान्तपुर्वक बल बोजिसन बनाइराख्न र अवसरमा बल अगाडि बढाउने उनको भूमिका वेल्स समर्थकले गाउने ‘छैन, कोहि छैन’ जस्तै हो ।

केभिन डि ब्रुयन

पछिल्लो खेलमा जताततै कप्तान इडेन हाजार्ड छाएका थिए । तर क्वाटरफाइनलमा वेल्सबिरुद्ध केभिन डि ब्रुयन हावी हुनसक्छन् । बेल्जियमले बेल्सबिरुद्ध पछिल्लो दुई भेटमा गोल गर्न सकेको छैन । तर त्यस खेलमा ब्रुयन सेन्टर फरवार्डको रुपमा स्वतन्त्र खेल्न पनि पाएका थिएनन् ।

म्यान्चेस्टर सिटीका स्टार खेलाडी उनले हंगेरीबिरुद्धको खेलबाट युरोकपमा गोलको खाता खोलेका थिए । गोलसँगै उनी समूहचरणका खेलको तुलनामा निक्कै उत्साहित पनि देखिएका थिए । आगामी सिजन उनी बुण्डेेसलिगा जाने या इथिहाड रंगशालामै रहने निश्चित भइसकेको छैन । तर अहिले बेल्जियम राष्ट्रिय टोलीका लागि भने उनी निक्कै जरुरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?