Comments Add Comment

कबायेकी श्रीमतीले ‘सौता’माथि धावा बोलिन्

Yohan-Cabaye's-wife

काठमाडौं । फ्रान्सका फुटबलर योहान कबायेकी श्रीमती फिओनाले पतिको नयाँ प्रेमिकामाथि धावा बोलेकी छन् ।

फिओनाले इस्टाग्राम मार्फत आफ्नो ‘सौता’विरुद्ध आक्रोस पोखेकी हुन्, जसलाई पछि डिलिट गरेकी छन् । उनले नाम उल्लेख नगरी महिला साथीहरुलाई आधा बँदेल र आधा टुना (माछा)को संज्ञा दिएकी छन् ।

यो घटना त्यतिबेला भयो, जब कबाये युरोकपको क्वार्टरफाइनलमा आइसल्याण्डविरुद्ध मैदान उत्रने तयारी गरिरहेका छन् । उनी फस्ट ११ मा पर्ने अपेक्षा छ ।

३० वर्षे कबाये क्रिस्टर प्यालेसबाट व्यवसायिक फुटबल खेल्छन् र २०१० मा फिओनासँग बिहे भएको थियो । फिओनाले दुई अन्य महिला र आफ्नो पतिसहितको तस्वीर इस्टाग्राममा पोष्ट गरेकी थिइन् । जुन उनको २७ औं जन्मदिनको दिन भएको उनले उल्लेख गरेकी छन् ।

उनले दोस्रो पोष्टमा लेखेकी छिन्, यहि हो तिम्रो सन्दुरता ??? ती तीसँग त्यो स्वाद छैन । तिमी आधा बँदले र आधा टुना जस्तो देखिन्छौं ।’

अर्को पोष्टमा उनले आफू तीन सन्तानको आमा भएको भन्दै आफ्नो परिवारमाथि आक्रमण नगर्न चेतावनी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment