+
+
Shares

विद्यार्थीको ज्यान जाने गरी प्लटिङ गर्नेलाई कारबाही गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १८ गते ७:४९

Pushapanjali School Lalitpur (7)१८ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई कारबाही गरर्न अनुेरास्ववियुले माग गरेको छ ।

ललितपुरको टौखेलमापर्खाल भत्किएर दुई जनाको मृत्यु भएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेको छ । अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले विज्ञप्ति जारी गदैं दोषीमाथि कडा कार्वाही एवम् मृत्यु भएका परिवारलाई क्षतिपुृर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

वर्षा सुरु भएसँगै देशभरको जनजीवन प्रभावित भइरहेका बेला देशभरका विद्यालयको भौतिक संरचनाको अनुगमन गरी जीर्ण संरचनाबाट विद्यार्थी स्थान्तरण गर्न अनेरास्ववियुले माग गरेको छ ।

अव उप्रान्त यस्ता घटना नहोस् भन्नकालागि दोषीमाथि कार्वाही हुनुपर्ने पवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
जग्गा व्यवसायी कर्मा लामाले प्लटिङ गर्दा लगाएको ढुंगाको अग्लो पर्खाल शुक्रबार बिहान भत्किएर च्याप्दा विद्यालयमा पढिरहेका दुई विद्यार्थीहरुको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?