Comments Add Comment

जेरोमी बोटिङ भर्सेस लियोनार्दो बेनुक्की

Leonardo-Bonucci-vs-jerome-boateng

जेरोमी बोटिङ

लामो दूरीबाट पास उपबल्ध गराउने क्षमता यी सेन्टर डिफेण्डरको ट्रेडमार्क जस्तै बनेको छ । २७ बर्षीय स्टार डिफेण्डर जेरोमी बोटिङले स्लोभाकिया बिरुद्धको खेलमा जर्मनीको लागि डि बक्सबाहिर बाट आकर्ष भली गोल गरेका थिए ।

पछिल्ला केहि सातादेखि बोटिङ डिफेण्डरमात्र होइनन् पूरै जर्मन टिमको लिडर बनेका छन् । शब्दमा मात्र होइन मैदान भित्रको उनको प्रदर्सन र ब्यक्तित्वले उनमा त्यस्तो छवि देखिएको छ । आफ्नो नियमित शान्त शैलीलाई निरन्तरता दिँदै उनले जर्मनीको एट्याकिङ लाइनको पछिपछि आफुलाई सक्रिय बनाएरहेका हुन्छन् ।

रक्षापंक्तिमा युवा खेलाडी जोसहुवा किमिचले उनलाई साथ दिइरहेका छन् र त्यसैले उनी अगाडि बढेर खेल्न पाएका छन् । मैदानमा ठूलो स्वरमा निर्देशन गरिरहने, शान्त र सरलताले जर्मनी उनको भरमा छ ।

यसअघिका खेलहरुमा जर्मनीले तुलनात्मक रुपमा बलियो विपक्षीसँग खेलेको थिएन । यसअर्थमा जर्मनीको नयाँ टिम लिडरको संभावना देखिएका बोटिङका लागि आज हुने इटलीबिरुद्धको खेल बास्तविक परीक्षा हुनेछ ।

लियोनार्दो बेनुक्की

आजको खेलमा बेनुक्कीमाथि ठूलो जिम्मेबारी छ । ड्यानिएल डी रोस्सी चोटग्रस्त भएपछि रक्षापंक्तिको दायाँतर्फको मोर्चा बेनुक्कीले संहाल्नुपर्नेछ । यतिमात्र होइन उनको जिम्मामा मारयो गोमेज र मारियो गोट्जेजस्ता जर्मनीका स्टारहरुलाई रोक्नुछ भने आफ्नो टोलीको अग्रपंक्तिका लागि पनि बल उपलब्ध गराउनुपर्नेछ ।

इटलीले अहिलेसम्म बास्तविक रुपमा मिडफिल्डरमार्पत खेलेको देखिँदैन । उसले रक्षापंक्तिमा बिशेष ध्यान दिएको छ भने काउण्टर एट्याकमा पोख्त देखिएको छ । यसले गर्दा आजको खेलमा बेनुक्कीलाई लामो पासद्वारा फरवार्डलाई बल उपलब्ध गराउने जिम्मेबारी पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment