Comments Add Comment

राजेश-रेखा दशककै लोकप्रिय ‘अभिनेता-अभिनेत्री’, अनमोल बर्षकै लोकप्रिय नायक

rajesh hamal got popular award
नायक राजेश हमाल र नायिका रेखा थापालाई ‘दशककै लोकप्रिय अभिनेता-अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । काठमाण्डौमा आज आयोजना भएको पहिलो ‘फान अवार्ड’मा राजेश र रेखालाई यो सम्मानबाट सम्मानित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेखा र राजेशलाई अवार्ड प्रदान गरे । विगत २६ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्दै एउटा उचाइमा पुगेका राजेश हमाल र विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लागेर चलचित्रमा अभिनय, निर्माण र निर्देशनमा समेत चर्चामा रहेकी रेखालाई यो अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा नायिका रेखा थापा सारीमा उपस्थित भएकी थिइन् ।rekha thapa popular

यस्तै, नायक अनमोल केसीलाई ‘बर्षकै लोकप्रिय नायक’को अवार्ड प्रदान गरियो । उनी आफ्ना हजुरबुबासँग पुगेका थिए । अनमोलले दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रका एक मात्र सुपरस्टार हुन् जसको नामले नै चलचित्र चल्ने गरेको छ ।anmol popular award

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment