+
+
Shares

रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १९ गते ६:०१

working_office१९ असार, काठमाडौं । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ ।

यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख छ ।

रोष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्ष्मता प्रगति विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ ।

अध्ययनमा यस्ता उद्योगलाई फलाम र इस्पातको वृद्धिसँगै जोडेर हेरिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

गुणस्तरमा सुधार, नियन्त्रित उत्पादनमूलक प्रक्रिया र मर्मत खर्चमा आएको कमी जस्ता कारणहरुले यो क्षेत्रको सम्भावना अझ बढेको अध्धयनमा उल्लेख छ ।

जसमध्ये ३५ प्रतिशत उद्योगमा ५० भन्दा कमले काम पाएका छन् भने १४ प्रतिशतमा २ सयभन्दा बढीले काम गर्छन् ।
यस उद्योगको औसत क्षमता ८५ प्रतिशत मात्रै उपयोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?