Comments Add Comment

प्रिभ्यू-आइसल्याण्डको अर्को शिकार बन्ला त फ्रान्स ?

France-Football

इंग्ल्याण्डलाई प्रि-क्वाटरफाइनलबाटै घर पठाएर सनसनी मच्चाएको आइसल्याण्डको अव अर्को शिकार हो फ्रान्स । प्रतियोगिताको सबैभन्दा बिशाल अण्डरडगको रुपमा व्याख्या गरिएको आइसल्याण्डले यसअघिको भन्दा ठूलो नाटकीय सरप्राइजको रुपमा युरोपेली फुटबलको सुपर पावरमध्येको एक फ्रान्सलाई क्वाटरफाइनलबाट बाहिर निकाल्ने अपेक्षा गरिएको छ ।

डिडिएर डेसच्याम्पको टोली घरेलु मैदानमा अझै आफ्नो उत्कृष्ट लयको खोजीमा छ । पछिल्लो चार खेलमा आफुअनुकुल नतिजा आएपनि टोलीको प्रदर्शन सन्तोषजनक देखिँदैन । तर यसअघिको खेलमा आयरल्याण्ड बिरुद्ध फ्रान्सले पछिल्लो ६० मिनेटमा गरेको प्रदर्शन भने उल्लेखनीय थियो । एन्टोइन ग्रिजम्यानले फ्रान्सको उद्धार गरेका थिए ।

फ्रान्सको खराव लय जारी रहँदा आइसल्याण्ड प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । प्रतियोगितामा ‘प्लकी अण्डरडग’को उपाधि पाएको आइसल्याण्डले यसलाई गलत साविक गरिसकेको छ । उसँग क्षमता छ र उ जे पनि गर्न सक्छ । जुन अनुशासनता इंग्ल्याण्डबिरुद्धको खेलमा देखिएको थियो त्यसले उ राम्रो टोली रहेको प्रमाणित गरेको छ ।

हृयारी केन, वायने रुनी, ड्यानिएल स्टुरिज लगायतका इंग्लिस स्टारहरुले आइसल्याण्डको रक्षापंक्ति तोड्न सकेनन् । दिमित्री पायेट र उनका साथीहरुका लागि पनि फ्रान्सको राष्ट्रिय रंगशालामा यही समस्या दोहोरिने निश्चित छ । यदि यस्तो नभएमा फ्रान्सेली रंक्षापंक्तिले आफुलाई सुधार गर्नुपर्छ । उसले आफुलाई इंग्ल्याण्डको डिफेण्स भन्दा बलियो बनाउनुपर्छ । पेरिसस्थित स्टेड डि फ्रान्समा घरेलु टोलीले आइसल्याण्डसँग नेपाली समयअनुसार आज राति पौने १ बजे खेल्नेछ ।

ीलसेस्टर सिटीका मिडफिल्डर एन’गोलो कान्टे र सेभिया सेन्टरब्याक अदिल रामी फ्रान्सका लागि आजको खेलमा उपस्थित हुन सक्दैनन् । यी दुवै दुई पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्धमा छन् । त्यस्तै आर्सनल स्टार ओलिभर जिरोर्ड र लोरेन्ट कसिल्नीले एउटा पहेँलो कार्ख पाएका छन् र आजको खेलमा दोहोरिए र फ्रान्सले जिते उनीहरुले जर्मनसँगको सेमिफाइनल गुमाउनेछन् ।

अघिल्लो खेलमा आयरल्याण्डबिरुद्ध २ गोल गरेका गि्रजम्यान यो खेलमा पनि सेन्टर फरवार्डको रुपमा देखिनेछन् । गि्रजम्यानलाई जिरोर्डले साथ दिनसक्नेछन् ।

यता आइसल्याण्डमा भने सबै खेलाडीहरु फिट छन् र अनुशासनको कारबाहीमा पनि परेका छैनन् । इंग्ल्याण्डलाई घर फर्काएको टोली नै आज हुने फ्रान्सबिरुद्धको खेलमा उत्रने संभावना छ ।

फ्रान्सलाई आइसल्याण्डले अहिलेसम्म हराउन सकेको छैन । पछिल्लो ११ खेलमा फ्रान्सले ३ खेल जितेको छ भने बाँकी बराबरीमा सकिएका थिए । यता फ्रान्स पछिल्ला ८ खेलमा अपराजित छ ।

के भन्छन् प्रशिक्षक ?

डिडिएर डेसच्याम्प, फ्रान्स

मेरा खेलाडीलाई राम्रोसँग थाहा छ कि आइसल्याण्ड भाग्यले मात्रै यहाँसम्म आइपुगेको होइन । उनीहरुले यहाँसम्मको यात्रा तय गरेका छन् किनकि उनीहरु त्यसका लागि योग्य छन् । ३५ देखि ४० मिटर लामो थ्रो कुनै पि्रकिकभन्दा कम हुँदैन । त्यसैले हामीले त्यसलाई कसरी रोक्ने भन्नेबारे सोच्नुपर्छ ।

शारीरिक रुपमा उनीहरु निक्कै बलिया छन् । हामीभन्दा उनीहरु अग्ला पनि छन् । मसँग एयर बलमा खेल्नसक्ने थुपै्रै खेलाडी छन् । हाम्रो समस्या के हो भने हामी सुरुवात राम्रो गर्छौं तर अन्त्यतिर लडखडाउछौं ।

लर्स लेजरब्याक, संयुक्त प्रशिक्षक, आइसल्याण्ड

मैले जहिलेपनि मेरा खेलाडी र मिडियालाई के भन्ने गरेको छु भने फुटबल जहिलेपनि यथार्थबादी मौका हो । फ्रान्स उपाधिको केहि दाबेदार हो तर मूख्य दावेदार होइन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामी आज यस्तो विश्वास राखेर खेल्छौं कि हामी जित्न सक्छौं । मेरो बिचारमा हामीले यस्तो एटिच्युडमा खेल्यौं भने सानातिना समस्या आफै समाधान हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment