Comments Add Comment

टौखेल घटनाका दोषिलाई कारबाही गर्न सांसदको माग

१९ असार, काठमाडौं । सांसदहरुले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलका विद्यार्थी मृत्यु भएको घटनाका दोषीहरूलाई कारवाही गर्न माग गरेका छन् ।

Udaya-Samser-Ranaविद्यालय नजिकै गैरकानुनी रुपमा प्लटिङ गरिएको जग्गाको पर्खाल शुक्रबार भत्किँदा दुई जना विद्यार्थीहरुको मृत्यु भएको थियो भने २० जना घाइते भएका छन् ।

[sam_list] आइतवारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै ललितपुर क्षेत्रनम्बर १ का निर्वाचित सांसद उदयशम्शेर राणाले सो घटनाको छानविन गर्न र दोषिलाई कारबाही गर्न माग गरे ।

सांसद राणाले कक्षाकोठाभित्र अध्ययन गरिरहेका विद्यार्थीको ज्यान जाने गरी भएको उक्त घटनालाई सामान्य अर्थमा लिन नहुने बताए । उनले भने, ‘दुई जना विद्यार्थीको ज्यानै गएको छ भने धेरै घाइते भएका छन्, पर्खाल भत्किएर घटना भयो भनेर कोही पनि उम्किन पाउनुहुन्न ।’

यसैगरी नेकपा माओवादीका सांसद योगेन्द्र तामाङले विद्यालय व्यवस्थापक र प्लटिङ कम्पनीको लापरवाहीका कारण घटना भएको दावी गरे । उनले दोषिलाई कानुनको दायरामा ल्याउन माग गरे ।

घटना भएकै दिन कांग्रेस सांसद राणाले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्री शक्ति बस्नेतलाई समेत घटनाबारे छानविन गर्न माग गरेका थिए । माओवादी निकट अखिल क्रान्तिकारीले पनि दोषिलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment