Comments Add Comment

युरोबाट बाहिरिएपछि प्रशिक्षकमाथि खनिए ब्रुयेन

kavin-de-bruyen

युरोकपको क्वाटरफाइनलमा वेल्सँग पराजित भएपछि बेल्जियमका स्टार मिडफिल्डर केभिन डि ब्रुयेन प्रशिक्षक मार्क विल्मटमाथि खनिएका छन् ।

गत शुक्रबार विश्व बरियाताको दोस्रो स्थानको टोली बेल्जियमले पहिलो पटक युरो खेलिरहेको वेल्ससँग ३-१ गोलले स्तब्ध बन्दै युरोको क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

म्यान्चेस्टर सिटीका स्टार २५ बर्षीय ब्रुयेनले भने ‘हामी किन बाहिरियौं ? किन हामीले विपक्षीलाई एट्याक गर्ने मौका दियौं ? आखिरमा कसरी खेल्ने र के रणनीति बनाउने भन्ने त प्रशिक्षकले नै त हो ।’

बेल्जियमका गोलरक्षक थिवाउट कर्टोइसले पनि प्रशिक्षक विल्मटको आलोचना गरेका छन् । चेल्सीका नम्बर १ गोलकिपर कर्टोइसले भनेका छन् कि वेल्सले मिडफिल्डरमा खुलेर खेल्ने मौका पाएको थियो र हाम्रो धेरै बल उसलाई रोक्नमा मात्र थियो ।’

‘हामी आफुभन्दा कमजोर टोलीसँग नराम्रोसँग पराजित हुन पुग्यौं ।’ उनले भने, ‘जव म्यानेजरले दवाव दिन्छन् जानुपर्छ । उनको निर्णय त्यही हो । मैले मेरो कुरा ड्रेसिङ रुममा पनि राखेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment