+
+

सेमिफाइनल गुमाउँदा आरोन राम्से निराश

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २० गते ११:३९

Ramsey

करिअरकै सबैभन्दा महत्वपूर्ण खेल गुमाउनुपर्दा आरोन राम्से निराश छन् । तर, प्रतियोगितामा दुई खेलमा पहेँलो कार्ड पाएपछि प्रतिबन्धमा परेका वेल्स मिडफिल्डर आफ्ना टिममेटप्रति विश्वस्त छन् कि उनीहरुले पोर्चुगललाई हराउनेछन् ।।

आर्सनका स्टार राम्सेले शुक्रबार भएको बेल्जियमबिरुद्धको खेलमा हृयाण्डबलका कारण कार्ड पाएका थिए । लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण उनले पोर्चुगल सेमिविरुद्ध फाइनल गुमाउँदैछन् ।

उनीसँगै डिफेण्डर बेन डेभिसले भने सेमिफाइनलमा पोर्चुगिज टोलीबाट प्रतिनिधित्व गर्न पाउँदैनन् ।

२५ बर्षीय राम्सेले भनेका छन्, ‘यो खेल गुमाउनुपरेकोमा म निक्कै दुःखी छु ।’ उनले थपे, ‘तर म टिमसँगै रहनेछु र चियर्स गर्नेछु । म विश्वस्त छु कि हामी अर्को एक खेल जित्नेमा आत्मविश्वासी छौं ।’

‘मेरा टिममेटले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनेछन् र मलाई लाग्छ हामी फाइनलमा पुग्नेछौं’ राम्सेले भने, ‘हामीसँग ठूलो ‘टिम स्पिरिट’ छ । सबैजना केहि उत्कृष्ट हासिल गर्न चाहन्छन् ।’

राम्सेको एक खेलको कारबाहीले वेल्सले ठूलै मूल्य चुनाउन पर्नसक्छ । उनी वेल्स टोलीमा उत्कृष्ट लयमा रहेका खेलाडी हुन् । बेल्जियमबिरुद्धको जितमा सुरुवाती दुई गोलको उनैको योगदान थियो ।

के बेल्जियमबिरुद्धको खेल अहिलेसम्मकै उत्कृष्ट थियो भन्ने प्रश्नमा राम्सेले भने, ‘हो मलाई पनि त्यस्तै लागेको छ । बिशेषगरी हामी ठूला प्रतियोगितामा अहिलेसम्म क्वाटरफाइनलमा मात्र थियौं ।

राम्सेले थपे, ‘म सिर्फ यो बिषयमा खुसी छु कि बेल्जियमबिरुद्धको सुरुवाती दुई गोलमा मैले असिस्ट गर्न पाए । र हामीले अन्त्यतिर दवावमा नपरिकन खेल जित्न सक्यौं ।’ हामी एउटा उत्कृष्ट टोली हौं । हामीसँग महान समर्थक र स्टाफ छन् । जव तपाईमा राम्रो सन्तुलनता छ भने बिशेष दिनहरु यो मात्रै होइन अरुअरु पनि आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?