Comments Add Comment

गायक सत्यराजः जो वाल्यकालमा नामूद ‘चोर’ थिए

कुकुरलाई भात दिने कचौरा समेत चोर्दै बेच्दै !

Satyaraj (9)सत्यराज आचार्य र स्वरुपराज आचार्य अहिलेका उम्दा गायकका रुपमा चिनिन्छन् । प्रसिद्ध गायक भक्तराज आचार्यका छोरा सत्य र स्वरुप गायन, संगीत र शब्द लेखनमा समेत सक्रिय छन् ।

पप गायनबाट नेपाली संगीतमा प्रवेश गरेका आचार्य दाजुभाइ अहिले आधुनिक गायकका रुपमा चिनिन्छन् । संगीतकारहरुको भनाइ अनुसार आचार्य दाजुभाइको स्वरमा विषेश किसिमको जादू छ ।

उनीहरुले १० भन्दा बढी चलचित्रमा संगीतसमेत दिएका छन् । दाजुभाइमध्ये सत्यराजले चलचित्र ‘आचार्य’ मा नायकको भूमिकासमेत निर्वाह गरे भने अन्य चलचित्रवाट पनि उनलाई अभिनयको प्रस्ताव आइरहेको छ ।

केबल संगीत क्षेत्रमा मात्रै हैन, साथीभाइवीच निकै लोकप्रिय छन् सत्यराज आचार्य । उनको सेन्स अफ ह्युमरको धेरैले तारिफ गर्छन् । उनी सिर्जनात्मक पनि छन् । तर, अहिले हामी केन्द्रित छौं, उनको कमजोरीबारे । सानोमा असाध्यै चकचके सत्यराजले वाल्यकालमा के-के बदमासी गरे होला ?

पढौं सत्यराजकै शब्दमा

हामी सानैदेखि बुबासँग असाध्यै डराउथ्यौं । बुबाको स्वभाव हक्की थियो । हामी मात्रै हैन, घरमा आउने इष्टमित्र पनि उहाँसँग डराउँथे ।

अरनिको स्कुलमा पढ्दा बुबा चाँहि हाम्रो म्युजिक र अंग्रेजी टिचर हुनु भयो । विद्यार्थीलाई मज्जाले पिट्नुहुन्थ्यो हाम्रो बुबा । अहिले पनि कति साथीहरु भन्छन् ‘तेरो बुबाले पिटेको सुम्लो अझै बाँकी छ’ त्यसकारण पनि हामी बुबासँग नजिक हुन पाएनौं ।

हामी १० कक्षासम्म कहिल्यै सकेण्ड भएनौं । स्वरुप र म फष्ट हुन्थ्यौं ।  एसएलसी दिएपछि बुबालाई लिएर दिल्ली जाँदा मेरो पढाइ बिथोलियो । स्वरुपले त कलेजै टप गर्‍यो ।

Satyaraj (5)

हामीलाई बुबाले यति कण्ठ गरेर राख भन्नुहुन्थ्यो । हुन्छ, भन्थ्यौं । पढथ्यौं पनि । तर, बुबाले आएपछि सबै बिर्सन्थ्यो । बुबाले जहिल्यै घुँडाभन्दा तल मात्रै पिट्नुहुन्थ्यो ।

मलाई लाग्छ, हामीजतिको बदमास मान्छे निकै कम हुन्छ । निकै बदमास थियौं । बुबा र ममीको चुटाइ निकै खानुको एउटा कारण हाम्रो बदमासी पनि हो ।

कुखुराको फूल चोर्नेदेखि माउ उडाउनेसम्म गर्‍यौं । फलफूल त टोलमा चोर्न बाँकी नै कसको होला र ? गाउँ उचाल्ने घरै उचाल्ने गथ्र्यो । मीठो कुरा त छोड्दिनुस् बारीको मूलासमेत बाँकी राखेनौं ।

बुढा एकातिर साइकल अर्कातिर

एउटा समय यस्तो थियो, उटपट्याङ कुराबाहेक दिमागमा अरु केही आउँदै आउँदैनथ्यो ।  कोही बुढा मान्छे उकालोमा साइकल डोर्‍याएर हिँडेको देख्यो भने पछाडितिर साइकल धकेलिदिन्थ्यौं । बुढा एकातिर, साइकल अर्कोतिर । अनि टाप । यस्तो काममा नेतृत्व मेरै हुन्थ्यो । स्वरुप मेरो पछि लाग्थ्यो र मेरो आदेश अनुसार काम गथ्र्यो ।

साइकलमा फलफूल बेच्नेहरुले जोख्न लागेका बेला रबरले तन्काए गुलेली हान्थ्यौं । अनि आँप एकातिर, तराजु अर्कातिर र मान्छे अर्कोतिर हुन्थ्यो । हामी त्यहीबेलामा भूइँमा झरेको आँप बोकेर टाप कस्थ्यौं ।

हामी त्यतिबेला खतरा पाराले चोर्थ्याैं । प्रसंग ०४२/०४३ तिरको कुरा हो, चोर्ने योजना मै बनाउँथें । फुटबल खुब खेल्थ्यौं । हामीसँग फुटबल किन्ने पैसा हुन्नथ्यो । अरुले फ्यालेको फुटबलको ट्युव भेटेपछि हामी छालाको खोजीमा जुट्थ्यौं ।

हाम्रो खोज्ने स्टाईल गज्जब थियो । दिनभरि हामी प्रत्येक घरमा जान्थ्यौं र हेर्थ्याैं, कहाँ के राखेको छ । दिउँसै चोर्दा खतरा बढी हुन्थ्यो । जब रात पथ्र्यो, अनि कमाण्डो स्टाइलले चोर्न जान्थ्यौं ।

हामी पेन्चिस सेन्चिस लिएर चोर्न जान्थ्यौं । हाम्रो मिसन सजिलै पूरा हुन्नथ्यो । आफ्नो काम फत्ते गर्न पाएकै छैन, पक्राउ परिहाल्थ्यौं ।

मलाई एउटा घटना सम्झना छ । एकपटक फलफूल चोर्दै गर्दा हामी पक्राउ पर्‍यौ । फलफूलवालाले हामीलाई समात्यो र सोध्यो- पेन्चिस किन बोक्या ? मैले भनें- हाम्लाई समात्नेको कान च्याप्दिन । त्यो मान्छे हाँस्यो । मैले पछिमात्रै बुझेँ, उसले चाह्यो भने हाम्रो कान च्याप्न सम्भव थियो तर, हामीले उसको कान च्याप्न सक्दैनथ्यौं ।

भिलेनले भन्दा धेरै पिटाइ खाएका छौं

फिल्म हेर्दा सबैभन्दा धेरै पिटाइ खाएका छौं । ललितपुर बस्ने हामी फिल्म हेर्न अशोक हल जान्थ्यौं । फिल्म हेर्ने पनि हाम्रो आफ्नै स्टाइल थियो । स्कुल विदा भएको दिन हाम्रो बास फिल्महलमै हुन्थ्यो ।

एउटा टिकट काटेर तीन चार जनासम्म छिर्ने गथ्यौर्ं भने कतिपटक ट टिकटै नकाटी छिथ्र्यौं । कहिले हाफ टाइममा त कहिल्यै पहिल्यै पनि छिथ्र्यौं । जब लाइट वाला टिकट चेक गर्दै आउथ्यो, मुटु ढकढक हुन्थ्यो । यसो कुर्सीमुनि लुक्यो देखिहाल्थ्यो र लाइटले टाउकोमा ड्याङ ड्याङ हान्थ्यो । ऊ कुटेर गएपछि हामी जुरुक्क उठेर फिल्म हेर्न थाल्थ्र्यौ ।

कहिले काँही हामी हाफटाइममा हलमा छिथ्र्यौं । हाफटाइमपछि टिकट चेक हुन्नथ्यो । जब हामी हाफटाइमपछि फिल्म हेर्थ्याैं, पछाडिको सीन हेरेर अगाडिको सिनका बारेमा अनुमान गथ्र्यौं । यसो भयो होला । हामी हलमा होहल्ला गथ्र्यौं । हामीले हल्ला गर्दा बुढाहरुले खुब गाली गर्थे ।

भाँडो जस्ताको तस्तै ल्याउँदा दुर्गामान साहुजीले चोर भन्लान् भनेर ढुंगाले हानेर कुच्याउँथ्यौं । त्यसरी कुच्याउँदा हामी कचौरोभित्र सानो ढुंगा राखेर गोलो बनाउथ्यौं

कुकुरलाई भात दिने कचौरा कसैको बाँकी रहेन

एउटा फिल्म हेरेपछि हामी अर्को फिल्म हेर्ने तयारी गथ्र्यौ । फिल्म हेर्नका लागि पैसा चाहिन्थ्यो । पैसाको जोहो सबै भन्दा गार्‍हो थियो । घरमा बुबा र आमाको पैसा धेरै चोरेकाले उहाँहरुले हामीले भेट्ने ठाउँमा पैसा राख्नै छाड्नुभयो । अर्को कुरा, हाम्रो घरमा खासै पैसा पनि हुन्नथ्यो ।

त्यतिवेला सिल्टे पुराना भाँडाहरु कवाडीमा बिक्री हुन्थ्यो । स्वरुप र म ती भाँडाहरु खोजी खोजी ल्याउँथ्यौं । खासमा सिल्भरको भाँडो खोजेर पाइँदैन थियो, चोर्नैपथ्र्यो । प्राय ? कुकुर पाल्नेहरुले कुकुरलाई भात दिन सिल्भरको भाँडो राखेका हुन्थे । हामी तिनै भाँडा चोर्थ्याैं ।

भाँडो जस्ताको तस्तै ल्याउँदा दुर्गामान साहुजीले चोर भन्लान् भनेर ढुंगाले हानेर कुच्याउँथ्यौं । त्यसरी कुच्याउँदा हामी कचौरोभित्र सानो ढुंगा राखेर गोलो बनाउथ्यौं । केही नभए पनि एउटा कचौरो कुच्याउन स्वरुपले डेढ सय मैले डेढ सयपटक हिर्काउनै पथ्र्यो । बल्ल बल्ल हिर्काएर लग्यो, साहुजीले तीन सकेन्डमै हामीले राखेको ढुंगा फुत्त फालिदिन्थे, हामी हेरेको हेर्‍यै । भित्र ढुंगा राखेपछि तौल बढी हुन्छ र धेरै पैसा आउँछ भन्ने हाम्रो बुद्धीले कहिल्यै काम गरेन ।

चोरेको कमिक्सले पसल थाप्यौं

त्यतिवेला काठमाडौंमा कमिक्स खुब बिक्री हुन्थ्यो । हामीलाई पनि कमिक्स मन पथ्र्यो  । साथीहरुसँग मागेर ल्याएको कमिक्स फिर्ता गर्दैनथ्यौं । एकपटक घर अगाडि डोरी टाँगेर त्यसैको पसल थाप्यौं । त्यहाँ उभिएर हेरेको एक सुका लिन्थ्यौं भने पढेको एक मोहोर रेट राख्यौं । पढ्नका लागि एउटा थोत्रो कुर्चीको ब्यबस्था गरेका थियौं । हामीसँग थुप्रै कमिक्सका किताब हुन्थे, तर कहिल्यै किनेनौं ।

बिक्रम बेताल, हवल्दार, राम रहिम, हवल्दार बाबु, सुपर कमाण्डर, नागराज त्यतिबेला चलेका कमिक्स थिए । तिनै दुर्गामान साहुको कमिक्स पसल थियो । एकातिर सिल्भरको भाँडा पसल, अर्कोतिर कमिक्स पसल  ।

हामी नयाँ कमिक्स आयो कि दुर्गामान दाइको पसलमा पुग्थ्यौं । दाइ त्यो के हो ? हामी सोध्यौ दुर्गामान दाइ हामीले सोधेकोतिर हेर्न थाल्नुहुन्थ्यो, त्यहीबेला स्वरुप र मैले ७/७ वटा कमिक्स लुकाइसकेका हुन्थ्यौं । उहाँ बूढो भइसक्नुभएको थियो, हामीले कमिक्स चोरेको कहिल्यै थाहा पाउनुभएन ।

Satyaraj (4)खोक्दै फोटो चोरेँ

म सँधैजसो बुद्धि विकास मण्डलमा जान्थें । त्यहाँ पढ्ने मान्छे धेरै आउथे । २६ वर्ष अगाडिको कुरा हो, म म्यारोडोनाको फ्यान थिएँ । बुद्धि विकास मण्डलमा धेरै पत्रिका आउँथे । त्यसरी आउनेमध्ये स्पोट्स स्टार पनि थियो ।

स्पोट्स स्टारमा धेरै खेलाडीहरुको फोटो छापिएको हुन्थ्यो । म्यारोडोनाको निकै दामी फोटो थियो । फोटो देख्ने वित्तिकै मलाई लोभ लागिहाल्यो ।

त्यहाँ सिंगै पत्रिका चोर्न त सम्भवै थिएन । फोटो मात्रै भएको पाना च्यात्न पनि गार्‍हो थियो । एक दिन दिउँसो गएँ । थुप्रै मान्छे पत्रिका र पुस्तक पढ्दै थिए । म पनि स्पोट्स स्टार हातमा लिएर बसें । मेरो उद्देश्य पढ्नुभन्दा पनि म्यारोडोनाको फोटो भएको पाना च्यात्नु थियो । त्यो फोटो च्यातेर आफ्नो घरको भित्तामा टाँस्नु थियो ।

विस्तारै पाना च्यात्न लागेको दुई चारजनाले मलाई हेरेजस्तै लग्यो । म पनि उनीहरुलाई हेर्दै ङच्च हाँसे । फेरि च्यात्न लागेको, त्यस्तै आवाज आयो । एकछिनमै दिमाग लगाएँ । पाना च्यात्नलाई ठिक्क पारेँ र खोकेँ ।  खोकेकै बेलामा पाना च्यातेँ, कसैले थाहै पाएन । मैले पछि थाहा पाएँ मिष्टर बिनको एउटा फिल्ममा त्यही स्टाइलले चोरिएको प्रसंग रहेछ ।

खतरा टिमको लिडर थिएँ

हामीले टीका विद्याश्रम माध्यमिक विद्यालयमा पढ्यौं । स्कुलमा हाम्रो एउटा टिम थियो ‘खतरा’ । त्यो नाम मैले नै जुराएको थिएँ । त्यसबेला भरत, म, चन्द्रे र विजय भन्ने थियौं । स्वरुप हाम्रो पछिपछि लाग्थ्यो । स्कुल पढ्दा हामीले धेरै फलफूल चोर्‍यौं ।

हाम्रो स्कुलको स्वीटर मासु रंगको थियो । ज्ञानोदयमा पढ्दै गरेको विजय भन्ने हाम्रै स्कुलमा आयो । तर, उसले नयाँ स्वीटर किन्न भ्याएको थिएन । हरियो स्वीटर लगाएर हिँड्थ्यो । हाम्रो टीममा ऊ जहाँबाट पनि चिनिने । उसले म पनि खतरा टीममा ज्वाइन गर्छु भन्यो ।

ग्याङमा मिसाउँदा जाँच लिने चलन थियो । जाँच मैले नै लिन्थेँ । चोर्न सक्छ कि सक्दैन, भाग्न कत्तिको सिपालु छ । र, रुख चढ्न सक्छ कि सक्दैन

उसलाई ज्वाइन गराउने कि नगराउने भन्नेमा हाम्रो लामो मिटिङ भयो । कस्तोखालको मान्छे हो, हामीलाई सहयोग गर्छ कि गर्दैन, सबै विचार र छलफल गरेपछि उसलाई हाम्रो टिममा लिने कुरा भयो ।

विजयलाई पनि त्यत्तिकै राख्न भएन । त्यसरी ग्याङमा मिसाउँदा जाँच लिने चलन थियो । जाँच मैले नै लिन्थेँ । चोर्न सक्छ कि सक्दैन, भाग्न कत्तिको सिपालु छ । र, रुख चढ्न सक्छ कि सक्दैन ।

विजयको इन्ट्री जाडो महिनामा भएको थियो । उसले मुला चोरेर परीक्षा दियो । त्यसपछि हामीले एक हप्ता लगातार मुला चोर्‍यौं । एक हप्तासम्म चोरेपछि त एउटा बारीको पाटै साफ भयो ।

आठौं दिनका दिन हामी मुला चोर्न जाँदा खेतीवाला बारीमै लुकेर बसेको रहेछ । मैले एउटा मात्रै मूला उखेलेको थिएँ, मलाई च्याप्पै समाइहाल्यो ।

म डाँको छोडेर रोएँ । अंकल अंकल भन्दै । किन रुएको भन्यो । मैले विजयलाई देखाउँदै भने । मलाई त्यसले चोर्न हिँड् भन्दै पिटेर ल्याएको । किसानले विजयलाई समात्यो र साफ पिट्यो । म भागेँ । मुला चोरेको आठौं दिन पिटाइ खाएपछि विजय पास भयो । उ पनि बराबरी हैसियतमा हाम्रो ग्याङमा रह्यो ।

चाउचाउको खोल टिप्न कन्टेनर

एउटा चाउचाउ थियो । मलाई नाम याद भएन । चाउचाउको एउटा स्किम थियो । दश वटा खोल बुझाएपछि एउटा चाउचाउ सित्तैमा ।

जब हामी एउटा चाउचाउ खान्थ्यौं । नौ वटा खोल जम्मा पार्ने संघर्ष सुरु हुन्थ्यो । फोहोरको डस्बीन त हाम्रा लागि सामान्य । चाउचाउको खोल देख्यौं भने कन्टेनरमा समेत चढ्थ्यौं । केही मान्छेले बाटोमा चाउचाउ खाँदै हिँडेको छ भने हामी पछिपछि लाग्थ्यौं । जहाँ पुगेपछि खोल फाल्छ, त्यहीँबाट खोल टिपेर फर्किन्थ्यौ ।

हाम्रो बिन्दास शैलीलाई बुबाको क्यान्सरले ब्रेक लगाइदियो । बुबालाई जिब्रोको क्यान्सर भएका बेला हामीलाई राम्रोसँग थाहा थिएन क्यान्सर के हो ?

बाटो ढुकेर मान्छे कुट्यौं

हामी बदमास थियौ । केही ठूला मान्छे हामीभन्दा पनि बदमास भेटिए भने त्यस्ता मान्छेलाई हामी बाटो ढुकेर कुट्थ्यौं ।
एकपटक त्यस्तै भयो । एकजना मान्छेले हामीलाई लास्ट दुःख दिए । हामीले हातमा ढुंगा लिएर कुट्ने योजना बनायौं । उनले सुरुमा एकजनालाई मात्रै देखे, वाल दिएनन् । उल्टै कुट्न खोजे । तर, फिल्मी स्टाइलमा तीनैजना फुत्त-फुत्त निस्किएपछि हामीसँग हात जोड्दै भने-‘गल्ती भो बाबु हो, माफ गर ।’

बुबालाई क्यान्सर भएपछि सज्जन

हाम्रो बिन्दास शैलीलाई बुबाको क्यान्सरले ब्रेक लगाइदियो । बुबालाई जिब्रोको क्यान्सर भएका बेला हामीलाई राम्रोसँग थाहा थिएन क्यान्सर के हो ?

आमा सधै पिलपिल रोइरहनुहुन्थ्यो । बुबाको अनुहार सँधै नियाउरो हुन्थ्यो । वरपरका छिमेकीहरु पनि निराश थिए । हामीसँग अरु कुनै उपाय थिएन । आर्थिकरुपमा पनि निकै कमजोर थियौं । त्यसपछि हामी यति जिम्मेवार भयौं कि हामीलाई कुनै पनि काम कसैले अर्‍हाउनै परेन । अहिले पनि हामी बुबाको स्यहार गरेर बसेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment