Comments Add Comment

ग्रिजम्यानले तोडे ३२ वर्ष पुरानो रेकर्ड, को को हुन् फ्रान्सका सर्वाधिक गोलकर्ता ?

france-v-iceland

एथ्लेटिको मड्रिडका स्टार एन्टोइन ग्रिजम्यान सन् १९८४ को युरोकपपछि ठूला प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।

युरोपेली फुटबल संघको अध्यक्षबाट बर्खास्त हुनुअघिसम्म मिचेल प्लाटिनीलाई विश्वकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्थ्यो । फ्रान्सले ३२ बर्षअघि युरोपियन च्याम्पियनसीपको उपाधि उचाल्दा उनैले प्रतियोगितामा सर्वाधिक ९ गोल गरेका थिए ।

त्यतिबेला प्रतियोगिता फ्रान्समै आयोजना गरिएको थियो । उनलाई विश्वका अहिलेसम्मका उत्कृष्ट फुटबलहरुको सूचीमा समेत राखिन्छ ।

त्यसयता कुनैपनि फ्रान्सेली खेलाडीले ठूला प्रतियोगितामा ४ गोल पनि गर्न सकेका थिएनन् । तर, ग्रिजम्यान ३२ बर्षपछि पहिलो खेलाडी बनेका छन् ।

उनले आइसल्याण्डबिरुद्धको क्वाटरफाइनलमा गोल गर्दै प्रतियोगितामा आफ्नो गोलसङख्या ४ पुर्‍याएका छन् । प्रिजम्यानले समूह चरणमा अल्वानियाबिरुद्ध गोल गर्दै सुृरुवात गरेका थिए भने प्रिक्वाटरफाइनलमा आयरल्याण्डबिरुद्ध २ गोल गरेका थिए ।

हामीले सन् १९८४ पछि ठूला प्रतियोगितामा ३ भन्दा बढी गोल गर्न नसक्ने खेलाडीहरुबारे उल्लेख गरेका छौं ।

१९८६ विश्वकपः मिचेल प्लाटिनी र जिन पिएर्रे पापिन

विश्वकप १९८६ मा फ्रान्सेली दुई स्टारले २/२ गोल गरेका थिए । फ्रान्स सेमिफाइनलमा तत्कालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो । प्लाटिनीले नकआउट चरणमा इटली र ब्राजिललाई पराजित गर्दा १/१ गोल गरेका थिए भने पापिनले समूह चरणमा क्यानडा र तेस्रो स्थानको लागि भएको खेलमा बेल्जियमबिरुद्ध गोल गरेका थिए ।

१९९२ युरोकपः जिन पियर्रे पापिन र एरिक क्यान्टोना

पापिनले यस युरोमा आयोजक स्वीडेनविरुद्ध २ गोल गरेका थिए । त्यस्तै क्यान्टोनाले इंग्ल्याण्डबिरुद्धको बराबरी र डेनमार्कबिरुद्धको जितमा गोल गरेका थिए ।

१९९६ युरोकपः क्रिष्टोफ डुगार्रे र प्याट्रिक लोको

यस युरोका फ्रान्सले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जसमा यी दुई खेलाडीले मात्र गोल गरेका थिए । जवकी फ्रान्सले २ बर्षपछि विश्वकप आयोजना गर्दै थियो । डुगार्रेले रोमानियाबिरुद्धको जितमा गोल गरेका थिए भने लोकोले बुल्गेरियाबिरुद्धको ३-१ क्ो जितमा गोल गरेका थिए । क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा हराएको फ्रान्स सेमिफाइनलमा चेक रिपब्लिकसँग पेनाल्टीमै हारेको थियो ।

१९९८ विश्वकपः थिएरी हेनरी

सुरुवाती २ खेलमा पराजयका बाबजुद घरेलु टोली फ्रन्सले यस विश्वकपमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि नै जित्न सफल भयो । स्टेफन गुइभार्चलाई फ्रान्सको मूख्य खेलाडीको रुपमा पेश गरिएको थियो तर, उनी पूर्णतयः असफल रहे । नायक जिनेदिन जिदानेले पनि मात्र १ गोल गरे । तर, कसैले नोटिस नगरेका युवा स्टार थिएरी हेनरीले ३ गोल गरे ।

२००० युरोकपः थिएरी हेनरी

विश्व च्याम्पियन फ्रान्सले त्यसको २ बर्षपछि युरोकपको उपाधि पनि कब्जा गर्‍यो । त्यसमा फ्रान्सका लागि सबैभन्दा धेरै ३ गोल थिएरी हेनरीले गरे ।

साथै यस प्रतियोगितामा नायकका रुपमा डेभिड ट्रेजेगुएट र सिल्भेइन विल्टोर्ड पनि रहे । विल्टोर्डले इटलीबिरुद्धको फाइनलमा नियमित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए भने ट्रेजेगुएटले गोल्डेन गोल गर्दै फ्रान्सलाई उपाधि दिलाएका थिए ।

२००२ विश्वकपः थिएरी हेनरी

विश्वकपको इतिहासमा सबैभन्दा खराव साविक बिजेताको रुपमा रहृयो फ्रान्स । साथै उसका सुपरस्टार थिएरी हेनरी पनि गोल गर्नबाट चुके । उल्टै रेड कार्ड खाएर विवादमा आए । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको यस विश्वकपमा फ्रान्सले १ गोल पनि गर्न सकेन । उसले सेनेगलसँग १-० को पराजय, उरुग्वेसँग गोलरहित बराबरी र डेनमार्कसँग २-० ले पराजय ब्यहोर्दै समूह चरणबाटै बारिहियो ।

२००४ युरोकपः जिनेदिन जिदान र थिएरी हेनरी

जिदानले इंग्ल्याण्डलाई पराजित गर्दा फ्रान्सका लागि दुई गोल गरेका थिए ।त्यसअघि समूहको पहिलो खेलमा स्वीट्जरल्याण्डलाई हराउँदा १ गोल गरेका थिए । त्यस्तै थिएरी हेनरीले समूहको अन्तिम खेलमा पोर्चुगलबिरुद्ध २ गोल गर्दै समूह चरणमा शतप्रतिशत नतिजा निकालेर कीर्तिमान कायम गरेको थियो ।

तर, फ्रान्स नकआउट चरणको पहिलो खेलमा ग्रीससँग सनसनीपूर्ण तरिकाले १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । ग्रीसले त्यस संस्करणको उपाधि नै जितेको थियो ।

२००६ विश्वकपः थिएरी हेनरी र जिनेदिन जिदान

यस विश्वकपमा फ्रान्सले सुस्त गतिमा प्रगति गरेको थियो । समूहको सुरुवाती दुई खेलमा स्वीट्जरल्याण्ड र दक्षिणकोरियासँग बराबरी खेलेको फ्रान्सले अन्तिम खेलमा टोगोलाई हराउँदै नकआउट चरणमा पुगेको थियो ।

यस प्रतियोगितामा फ्रान्सका लागि जिनेदिन जिदान र थिएरी हेनरीले ३/३ गोल गरेका थिए । फाइनलमा विवादास्पद रेडकार्ड खाएका जिदानले तीनमध्ये २ गोल पेनाल्टीमा गरेका थिए । फाइनलमा इटलीबिरुद्ध सातौं मिनेटमा पाएको पेनाल्टीमा पनि उनले गोल गरेका थिए । तर फाइनलको रेडकार्डले उनको योगदान सबै छायाँमा पारिदियो । यता हेनरीले क्वाटरफाइनलमा गोल गरेका थिए ।

Henry

२००८ युरोकपः थिएरी हेनरी

यस युरोकप फ्रान्सका लागि अर्को विर्सनलायक प्रदर्शन भयो । समूहमा उसले रोमानियाबिरुद्ध गोलरहित बराबरी गरेको थियो । नेदरल्याण्ड्सबिरुद्ध ४-१ को पराजय ब्यहोर्दा हेनरीले १ गोल गरेका थिए । अन्तिम खेलमा इटलीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

२०१० विश्वकपः फ्लोरेन्ट मालोउदा

फ्रान्सका लागि अर्को प्रलय दक्षिण अफि्रकी विश्वकपमा पनि दोहोरियो । समूहको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको उसले दोस्रो खेलमा मेक्सिकोसँग २-० ले पराजित भयो । तेस्रो खेलमा आयोजकसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । त्यस खेलमा फ्लोरेन्ट मालोउदाले गोल गरेका थिए ।

२०१२ युरोकपः करिम बेन्जिमा

रियल मडि्रडका स्ट्राइकर करिम बेन्जिमालाई फ्रान्सको अग्रपंक्तिको जिम्मेबारी सुम्पिएको थियो । तर उनले त्यसलाई न्याय गर्न सकेनन् । क्वाटरफाइनलमा स्पेनसँग २-० ले पराजित हुँदै बाहिरिएको फ्रान्सका लागि समूह चरणमा समीर नास्री, योहान कावाये र जेरेमी मेनेजले १/१ गोल गरेका थिए । समूह चरणमा इंग्ल्याण्डबिरुद्ध १-१ को बराबरी खेलेको फ्रान्सले युक्रेनलाई २-० ले हराएको थियो भने स्वीडेनसँग २-० ले हारेको थियो ।

२०१४ विश्वकपः करिम बेन्जिमा

ब्राजिल विश्वकपमा फ्रान्स क्वाटरफाइनलमा जर्मनीसँग १-० ले पराजित भएको थियो । त्यसअघि समूह चरणमा उसले होण्डुरसबिरुद्ध ३-० र स्वीट्जरल्याण्डबिरुद्ध ५-२ गोलको जित निकालेको थियो । होण्डुरसबिरुद्ध २ गोल गरेका बेञ्जिमाले स्वीट्जरल्याण्डबिरुद्ध १ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment