२० असार, सप्तरी । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)को अध्यक्षमा विकास तिवारी नै चुनिएका छन् । पहिलो महाधिवेशनको बन्दसत्रबाट तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चुनिएका हुन् ।
पार्टीको असार १७ देखि १९ गतेसम्म सप्तरीको भारदह, पोर्ताहामा महाधिवेशन भएको थियो ।
केन्द्रीय सदस्यहरुमा सीताराम पौदार (सुनसरी), शिव नारायण पण्डित (सुनसरी), दानालाल मण्डल (सप्तरी), सावित्री पण्डित (सप्तरी), कुवेर कुमार यादव (सप्तरी), नन्दकुमार कुँवर (झापा), भुपनारायण राम दास(सर्लाही), विन्देश्वर यादव (बारा) चयन भएका छन् ।
यसैगरी राजा सिंह (बाँके), अनिल महात्मान (सुनसरी), जयसुन्दर खिडहरी यादव (सप्तरी), रञ्जित यादव (झापा), रामेश्वर साह (सिरहा), अशोककुमार कर्ण (सुनसरी) र विनोद कुमार साह (सुनसरी)चयन भएका छन् ।
यसैबीच नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)ले संविधानलाई मधेसमैत्री बनाउन माग गरेको छ ।
महाधिवेसनका निर्णयहरु सोमबार सार्वजनिक गर्दै अध्यक्ष तिवारीले झापादेखि कञ्चनपुरसम्म अखण्ड मधेस निर्माणका लागि प्रतिबद्ध रहेको बताए । उनले अखण्ड मधेस निर्माणका लागि अभियान चलाउने जानकारी पनि दिए ।
प्रतिक्रिया 4