+
+
Shares

सर्वोच्चको आदेशविपरीत राष्ट्रपतिको माफी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते ६:४८

Bidhya-Bhandari२१ असार, काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले दिएको आदेशविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार हाहतियार, खरखजाना र ज्यान मार्ने उदोगमा कैद साजय भोगिरहेका एक कैदीको बाँकी कैद समय सोमबार माफी दिएकी छिन् ।

मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले गरेको सिफरिसबमोजिम राष्ट्रपति भण्डारीले अर्घाखाँची जिल्लामा कैद भोगिरहेका रुद्रप्रसाद पराजुलीले बाँकी कैद सजाय सर्वोच्चको आदेशविपरीत हुने गरी माफी दिएकी आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सर्वोच्च अदालतले हाल कसैलाई पनि माफी मिनाहा दिने कार्य नगर्न दिएको आदेश सरकारका सम्बन्धित निकायहरुले पाइसकेका भए पनि मन्त्रिपरिषदले त्यसको अवज्ञा गर्दै पराजुलीलाई माफी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?