Comments Add Comment

धनुषामा ९० वर्ष माथिका ३२ जेष्ठ नागरिक सम्मानित

Jesth-Nagarik

२१ असार, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले ९० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गरेको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरेर ३२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवले दोसल्ला र नगद २ हजारसहित सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै धनुषा विरेन्द्रबजारका १ सय ७ वर्षका बुद्धबिर बलम्पाकी मगरले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त कार्यक्रममा सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले सरकारले जेष्ठ नागरिकहरुलाई उपलब्ध गराउँदै आएको सेवासुविधा बढाउनु पर्ने मांग गरेका छन् । जेष्ठ नागरिकहरुको समस्या अत्याधिक रहेकाले सरकारले सम्मानस्वरुप उपलब्ध गराउँदै आएको रकम ज्यादै न्युन रहेको उनको कथन थियो ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत यादवले जेष्ठ नागरिक सम्मानका लागि अक्षय कोष स्थापना गर्नुपर्नेमा जोड दिए । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने बताए । वैदेशिक रोजगारले पनि जेष्ठ नगारिकहरु थप पीडित बनेको भन्दै उनले सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment