सुपरस्टार विराज भट्टको कमब्याक भन्दै चलचित्र ‘जय परशुराम’को टिजर सार्वजनिक गरिएको छ । निर्माता रोज राणाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा विराजलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ ।
नायक विराज भट्टको एक्सन अवतार रुचाउने दर्शकका लागि यो चलचित्र प्रतिक्षामा रहने पक्का छ । साउन २८ गते चलचित्र प्रदर्शन गर्ने चर्चा चलेपनि टिजरमा भने कुनै मिति तोकिएको छैन ।
चलचित्रमा विराज भट्टको साथमा नीशा अधिकारी र रविन तामाङ मुख्य भूमिकामा छन् । टिजरमा विराज र रविनलाई मात्र देखाइएको छ । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ ।
मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राना र रुपम राना सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उपमा केसी हुन् ।
नायक भट्ट ५ बर्षपछि नेपाली चलचित्रमा देखिन लागेका हुन् ।
प्रतिक्रिया 4