Comments Add Comment

भोटेकोशीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

फाइल तस्वीर
फाइल तस्वीर

२२ असार, काठमाडौं । सिन्धुपाल्चोको भोटेकोशी नदीमा मंगलबार राति एक्कासी बाढी आएको छ । बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावर र नदी किनारामा रहेको वस्ती डुवानमा परेको छ ।

राति नदिमा बाढी आएसँगै स्थानियबासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढी आएसँगै नदी किनारामा रहेका स्थानीयबासी रातिनै लत्ताकपडा लिएर सुरक्षित स्थान तर्फ लागेका छन् ।

अहिलो भने वाढीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको जनाए ।

चीनको तिव्वतमा भीषण वर्षा हदाँ बाढी आएको जनाइएको छ । भोटेकोशीको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment