
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात बिरामी भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको छ ।
डा. कोइरालालाई चाबहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । पारिवारीक श्राोतका अनुसार उनको अवस्था अचेत छ ।
कोइरालाले मंगलबार राति पिज्जा खाएका थिए । त्यसपछि उनलाई वान्ता भएको थियो । रातभर वान्ता भएपछि उनलाई विहानीपख अस्पताल भर्ना गरिएको हो ।
अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ ।
थप उपचारको लागि उनलाई बाहिर लैजाने विषयमा उनको परिवारमा छलफल भइरहको बुझिएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा अोली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् । देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4