+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यामाहाले गर्‍यो सडक सुरक्षा सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते १०:४२

Yamaha-Bike
२२ असार, काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंमा सडक सुरक्षासम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले प्रेसिडेन्सियल बिजनेस स्कुलका विद्यार्थीलाई सडकमा सवारी चलाउँदा र हिँड्दा अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना कार्यक्रम गरेकोे हो ।

यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) नाम दिइएको कार्यशालामा करिब एक सय विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो ।

वाइएसआरएस यामाहाले विश्वव्यापी रुपमा सञ्चालन गर्दै आएको ‘सीआरएस इनिसिएटिभ’ हो, जुन जापान, भारत र अन्य दक्षिण एसियाली मुलुकमा सफल भइरहेको छ ।

Yamaha-Bike-Ride

कार्यशालामा इन्डिया यामाहा मोटर प्राइभेट लिमिटेडका नेटवर्क एन्ड डिलर डेभलोपमेन्ट एसिस्टेन्ट जनरल म्यानेजर नाओकी तानी र एक्पोर्ट डिपार्टमेन्टका हिमांशु शर्माको पनि उपस्थिति थियो ।

उनीहरुले यामाहाले चालक र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यशालापछि विद्यार्थीहरुका लागि प्रयोगात्मक सेसन पनि संचालन गरिएको थियो ।

एमएडब्लुले विगत केही वर्षदेखि वाइएसआरएस कार्यशालालाई नियमित रुपमा सञ्चालन गर्दै आएको छ । यो कार्यशालाबाट दर्जनौं कलेजका हजारौं विद्यार्थी लाभाविन्त भएका छन् ।

अत्याधुनिक एफआई प्रविधिजडित एफजेड-एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् ।

यी बाहेक एमएडब्लुले आर-१५, आर-१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांग्रे बिक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकपि्रय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?