+
+

भाइ शशांकलाई भेटेपछि सुजाता भावुक

श्रीधर पौडेल श्रीधर पौडेल
२०७३ असार २२ गते १३:५३

Sujata-Vabuk-Final

२२ असार, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई उपचारका लागि ओम अस्पतालमा भर्ना गरिएको खबर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिभिन्न राजनीतिक दलका नेताहरु भेट्न गएका छन् ।

बिभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्ने र फर्किने क्रम चलिरहेको छ ।

अस्पतालमा शशांककी दिदीसमेत रहेकी कांग्रेस नेतृ सुजाता पनि पुगेकि थिइन् । जब शशांकलाई भेटेर फर्किइन् उनी निकै गम्भीर र भावुक देखिइन् । सुजाता बायाँ हातले आँसु पुछ्दै बाहिरिएकी थिइन् । उनको अनुहारको भावले देखाउँथ्यो शशांकको स्वास्थ्य अझै सामान्य छैन ।

कांग्रेस नेतृ सुजाताले करिब आधा घण्टा अस्पतालमा बिताएकी थिइन् ।

डा. कोइरालालाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । ओम अस्पतालले पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?