Comments Add Comment

अमेरिकामा खिचिएको ‘सफर’को यस्तो टिजर

nepali movie safar
यूवा फिल्मस्को प्रस्तुतीमा चलचित्र ‘सफर’ निर्माण भएको छ । मनान सापकोटा, संजय गुप्ता, शिविर पोख्रेल, नुर्जा श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र असोज १४ गते रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ ।

अमेरिकामा ३ यूवाले गरेको यात्राको कथामा यो चलचित्र निर्माण गरिएको छ । आशिष श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा उनैले सम्पादनको जिम्मा पनि सम्हालेका छन् ।

केशव खड्का चलचित्रका कार्यकारी निर्माता तथा लेखक हुन् । चलचित्रमा सत्य-स्वरुपराज आचार्य, धमेन्द्र सेवान र उज्ज्वल गुरुङको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment