२३ असार, झापा । झापाको दमकमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बुधबार साँझ घर नजिकैको पोखरीमा हातखुट्टा धुन गएका उनी चिप्लिएर पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेलगत्तै तत्काल उद्धार गरी उपचारका लागि स्थानीयवासीले दमकमा रहेको स्थानीय अस्पतालमा लैजाँदै गर्दा उनको राति नै बाटैमा मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4