+
+

मेनुपज अर्थात् रजश्वला सुक्ने संक्रमणकाल, यी हुन् लक्षण र समाधानका उपाय

प्रा.डा. पदम राज पन्त प्रा.डा. पदम राज पन्त
२०७३ असार २३ गते १६:०९

मेनुपज उमेरजन्य कारणले महिलाको स्वास्थ्यमा देखिने सामान्य परिवर्तन हो । औसतरुपमा ४० वर्ष नाघेका महिलामा मेनुपज हुन्छ । यसका लक्षण पनि व्यक्तिअनुसार फरक हुने गर्छ । त्यसैले मेनुपजबारे बुझ्न अत्यावश्यक छ ।

Menopause४५ देखि ५० वर्षको उमेरका महिलाको रजश्वला सुक्दै जानुलाई मेनुपज भन्ने गरिन्छ । नेपाली भाषामा यसलाई रजोनिवृत्ती पनि भनिन्छ ।

नेपालको हकमा सामान्यतया ४९ वर्षभन्दा माथिका महिलामा मेनुपज सुरु हुन्छ । विकसित मुलकमा ५२ वर्षको उमेर पश्चात्त यो क्रम सुरु हुन्छ । मेनुपज महिलाहरुको लागि एक प्रकारको संक्रमणकालीन अवस्था हो ।

किन हुन्छ मेनोपौज ?

मानिसको मस्तिष्कमा आइपोथालामस नामक हार्मोन हुन्छ । यसलाई टाउकोमा हुने पिटुइटरी ग्रन्थिले नियन्त्रण गरेर राख्छ । त्यसबाट दुईवटा हर्मोनको उत्पादन हुन्छ । जब त्यसमध्यकोे एउटा हर्मोन रगतको माध्यमबाट अण्डाशयमा पुग्छ, त्यसले अण्डाको उत्पादन सुरु गर्छ । त्यस अण्डाको वरिपरि अन्य साना कोशिका निर्माण हुन्छन् । ती कोषिकाले प्रोजेस्टेरोन र एस्ट्रोजेन नामक हर्मोन उत्पादन गर्छ । उक्त हर्मोन पाठघरमा गएर बस्छ ।

एस्टेरोजेनले पाठेघरलाई मोटो बनाउँछ भने प्रोजेस्टेरोनले पाठेघरमा बच्चा बस्ने ठाउँलाई नरम बनाउने काम गर्छ ।

यी हार्मोनहरुले पाठेघरलाई नरम बनाउने क्रममा उक्त भागमा बच्चा नबसेको खण्डमा ती भाग रगतका माध्यमबाट प्रत्येक महिना कुहिएर जान्छ । जसलाई हामी रजश्वला भन्छौ ।

बढ्दो उमेरसँगै एस्ट्रोेजेनले अण्डाशयमा कम अण्डा उत्पादन गर्छ । विस्तारै-विस्तारै भएका अण्डाशय खिइन थाल्छ । जब भण्डारणमा भण्डार गरिएका अण्डा नै सकिन्छ, अनि मेनोपौज सुरु हुन्छ ।

केही व्यक्तिमा लक्षण देखा परेको ३/४ वर्षभित्रमा नै मेनुपज हुन्छ भने कसैलाई १०/१२ वर्षसम्म पनि यसले सताउने गर्छ ।

मेनुपजका लक्षण

  • थकाई लाग्ने (तागत नहुने)
  • जिउ रन्किने (गर्मी महसुस हुने)
  • रातीको समयमा चिसो पसिना धेरै आउने
  • अनिद्रा
  • हड्डी खिइने, दुख्ने
  • झर्को लाग्ने
  • डिप्रेशन
  • मुटुको समस्या
  • पाठेघरको थैली झर्ने समस्या
  • पिसाब चुहिने समस्या
Pro.-Dr.-Padam-Raj-Panta
प्रा.डा. पदम राज पन्त

यी लक्षण मध्यको पिसाब चुहिने समस्या निको नहुने समस्यामा पर्छ । यस बेला महिलामा पिसाब नरोकिने समस्या बढी मात्रामा देखा पर्छ । त्यसैगरी पिसाबको संक्रमण पनि हुने गर्छ ।

यसबाट बच्न बेला-बेला पिसाब गरिरहने गर्नुपर्छ । एकपटक पिसाब गर्दा कम्तीमा दश मिनेट समय लगाएर पिसाब गर्नुपर्छ ।

त्यस्तै, रातीको समयमा वाकवाकी लाग्न सक्छ । शारीरिक सम्वन्ध राख्दा पिडा हुने, चिलाउने जस्ता समस्या देखिन सक्छ । त्यस्तो समस्या भएमा योनीलाई सुख्खा हुन नदिन मलमको प्रयोग गर्नुपर्छ । आवश्यक परे शल्यक्रियासमेत गर्नुपर्छ ।

कपालभाँती व्यायामले पनि पाठेघरको मांशपेशीलाई कडा बनाउन मद्दत गर्छ । यसले पिसाबको थैलीलाई मजबुत पनि बनाउँछ ।

रजश्वला सुक्दा हाड जोर्नी सम्बन्धि विभिन्न समस्या पनि पैदा हुन्छ । हड्डी खिइने र हाडजोर्नी दुख्ने हुन्छ । त्यसबेला हाडजोर्नीसित सम्वन्धित डाक्टरसँग परामर्श लिनुपर्छ ।

त्यसबाहेक मेनुपजको असर कम गर्न निम्न उपाय अपनाउन सकिन्छ:

  • Fanअधिक गर्मी महसुस भएमा पंखा चलाउने
  • पातलो एवं दुई तीन तहको लुगा लगाउने
  • सक्दो चिसोपानीले नुहाउने
  • लामो-लामो सास फेर्ने । लामो सास फेर्दा जिउ तातिने हुँदा सजिलो महसुस हुन्छ ।
  • जतिसक्दो तौल घटाउने । त्यसको लागि नियमित व्यायाम गर्ने ।
  • धुम्रपान र मद्यपान नगर्ने ।
  • आहारविहारमा नियन्त्रण गर्ने ।
  • धेरै नै पसिना आइरहे हर्मोन थेरापी लिने ।
  • आफ्ना समस्याबारे डाक्टरसित परामर्श गर्ने

आहारविहार कस्तो हुनुपर्छ ?

भटमासमा एस्ट्रोजेनको मात्रा धेरै पाइने हुँदा भटमासबाट बनेका खानेकुरा नियमित रुपमा खानु राम्रो हुन्छ । यसले शरीरमा हार्मोन प्रवाह गर्न मद्दत गर्छ । भटमासलाई काँचै पनि प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी यसबाट बनेको तोफु, सोयाविन लगायतका परिकार नियमित खाँदा पनि स्वास्थ्यलाई फाइदा पुग्छ । मेनुपज भएको बेला फलफुल तथा प्रोटिनयुक्त खाना नियमित रुपमा खानु पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

के हो हार्मोन थेरापी ?

मेनुपज भएका बेला इन्सुलिनमार्फत बाहिरबाट हार्मोन लिन पनि सकिन्छ । तर त्यसले स्वास्थ्यमा थुप्रै प्रकारका नकारात्मक असर गर्ने हुँदा सकेसम्म इन्सुलिन नलिनु नै उपयुक्त हुन्छ ।

विशेषगरी नजिकैको नातामा स्तन तथा पाठेघरको क्यान्सर, देखिएको छ भने त्यस्ता महिलाले हार्मोन नलिनु नै उचित हुन्छ । त्यसैगरी उच्च रक्तचाप र लिभरको समस्या भएका तथा चिनी रोग लागेको महिलाले पनि हार्मोन लिनु हुँदैन । एकपटक हृदयघात भएकाले पनि यो हार्मोन लिनु हुदैन । यसले रगतलाई जमाएर पुनः अट्याक हुने सम्भावना बढाउँछ ।

हार्मोन लिँदा यसले पाठेघरको क्यान्सर निम्त्याउने सम्भावना बढी रहन्छ । हार्मोन लिएका महिलाले तीन-तीन महिनामा स्वास्थ्य जाँच गराइराख्नुपर्छ ।

विश्वव्यापी अभियान

एलेन डोल्गेन नामक एक अमेरिकी महिलाले सन् १९७० को दशकमा आफ्ना पतिको सहयोगमा विश्वभर मेनुपज सम्बन्धि जनचेतनामुलक अभियान चलाएकी थिइन् । उनले त्यसबेला मेनुपज कुनै समस्या हैन, यो शरीरमा हुने सामान्य परिवर्तन मात्र हो भनेर विभिन्न पत्रपत्रिकामा लेखहरु लेखिन् । उक्त अभियान अन्तर्गत  ‘मेनुपज मन्डे’ मा यसका लक्षण, उपचार विधि, यसको महिला स्वास्थ्यसितको सम्बन्ध लगायतका बारेमा चर्चा गरिन्थ्यो ।

यही मेनुपजबारे जनचेतना दिन काठमाडौमा पनि विभिन्न कार्यक्रम आयोजना हुने गरेको छ ।

(डा. पन्त ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, धापासीका प्रसुती तथा स्त्री रोग विभाग  प्रमुख हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?