+
+
Shares

बाढीबारे चीनले सूचना नदिँदा भोटेकोसीमा ठूलो क्षति

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते ५:५७

bhotekoshi_sindhupalchok२४ असार, काठमाडौं । चीनले आफ्नो भूभागमा भएको नदी र पोखरीको अवस्थाबारे जानकारी नदिँदा भोटेकोसीले ठूलो क्षति गरेको देखिएको छ ।

तिब्बत हुँदै नेपाल तर्फ बग्ने भोटेकोसी यसअघि नै थुनिएको पत्ता लागेको छ ।

पहिरोका कारण थुनिएर पोखरी भएको भोटेकोसीनजिक दुई दिनअघिको वर्षाले अर्को पहिरो गएपछि बाढी आएको पुष्टि भएको आजको अन्नपूर्णले जनाएको छ ।

गत वर्षको भूकम्पका कारण थुनिएको भोटेकोसीबारे नेपाल सरकार तथा सरोकारवाला निकायसँग कुनै जानकारी थिएन । चिनियाँ भूउपग्रह तस्विरअनुसार बोइकुको तिब्बतको न्यालम भन्ने स्थानमा पोखरी फुटेको हो ।

उक्त पोखरीमा जम्म भएको पानी फुटेपटि पहिरोका रुपमा बाह्रबिसेसम्म् असर देखिएको हो । न्यालम र झ्याङमु भन्ने स्थान नजिक रहेको सात साय सात मिटर लामो पुलनजिकको पोखरी फुटेको जानकारी चिनियाँ वैज्ञानिकले दिएको भोटेकोसी बाढीको अध्ययन गरिरहेका  बैज्ञानिक विनोद पराजुलीले बताए । तर नदी थुनिदा बाह्रबिसेको क्षेत्रमा पानीको सतह घट्नुपर्ने थियो तर त्यो भएको देखिएन ।

भोटेकोसीको मुख्य स्रोत तिव्वती हिमताल हुन् । यस क्षेत्रमा भएका आठ हिमलातमध्ये केही हिमताल विस्फोटको खतरामा रहेको प्रतिवेदन सार्वजनिक भएको थियो । तर नदीबारे भने चिनियाँ पक्षले सूचना नदिँएको सरकारी अधिकारीहरुको दाबी छ ।
भारतसँग भने नेपालले सबै नदीबारे सूचना नियमित रुपमा उपलव्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?