Comments Add Comment

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारः इशारा गर्छन्, बोल्न खोज्छन्

Dr Shashank Koirala२४ असार, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार दिउँसो ३ बजेपछि उनलाई कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर)बाट हटाइएको छ । फोक्सोको निमोनियाका कारण अचेत भएका उनको ओम अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डा. लवनरसिंह जोशीले कोइरालाको स्वास्थ्यमा सुधार देखिँदै जानु एक प्रकारको चमत्कार भएको बताए । ‘डाक्टरसा’बको ज्यान बचाउन सकिन्छ भन्ने आशा निकै कम थियो,’ बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा जोशीले भने, ‘अचेत भए पनि हामीले प्रयास छाडेनौँ । उहाँ रिकभर हुनुभयो । यो एक प्रकारको चमत्कारजस्तै हो ।’

स्वास्थ्यमा सुधार भएपछि डा. शशांक कोइरालाले बोल्न थालेको उनका स्वकीय सचिव भरत तिवारीले बताए । ‘उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ । भेन्टिलेटर हटाएर आइसियूमा राखिएको छ,’ उनले भने, ‘इशारा गरेर मान्छे चिन्ने र बोल्न खोज्नुभएको छ । मुखमा माक्स लगाएकाले बोल्न नमिल्ने मात्रै हो । तर, चिनेका मान्छेलाई देख्दा इशाराले कुरा गर्न खोज्नुहुन्छ ।’ बिहीबार बिहानबाट कोइरालाको स्वास्थ्यमा सुधार देखिएको तिवारीले बताएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनका अनुसार बिहीबार बिहानबाट कोइरालाले मान्छे चिन्न थालेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाउन खोज्दा चिनेर उठ्न खोजेको र नेता रामचन्द्र पौडेलले बोलाउँदा हात समाएको पनि तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment