Comments Add Comment

नुहाउने बेला किन पिसाब फेर्न मन लाग्छ ?

takebathसडक किनारामा तथा छेउँछाउँ कुनाकाप्चामा यसो छेको पारेर पिसाब गर्ने बानी धेरैको हुन्छ । तर कतिपय मानिसहरु भने स्विमिंग पुल, नदी तथा नुहाउने बेला बाथटबमा समेत पिसाब फेर्दछन् ।

मान्नुस् नमान्नुस् धेरै मानिसहरुको नुहाउने बेला पिसाब फेर्ने बानी हुन्छ । त्यस्तै कतिपय मानिसको स्विमिंग पुलमा पौडी खेलिरहेको बेला, खोलामा पौडि खेलिरहेको बेला पनि पिसाब फेर्ने बानी हुन्छ । मानिसहरुले यसरी अनेक ठाउँमा  पिसाब फेर्ने कुरालाई विभिन्न मानिसले विभिन्न ढंगले व्याख्या गर्लान् । तर यसमा खास कारण हुन्छ ।

वास्तवमा जब मानिसको सरीर चिसो पानीमा धेरै बेरसम्म चोपलिन्छ, तब मुत्रासयमा दबाब पर्दछ । सोही कारणले मूत्र प्रणाली सक्रिय बन्दछ । त्यसैले नुहाउँदा वा पौडी खेल्दा मानिसलाई पिसाब फेर्न मन लाग्छ ।

स्विमिंग पुलमा पिसाब फेर्ने फोहोरी मानिसले हैरान पार्ने भएपछि धेरै स्विमिंग पुलमा तुर्काउने मानिसको पहिचान गर्ने विधिको प्रयोग गरिएको हुन्छ ।

धेरै स्विमिंग पुलको पानीमा युरिन डिटेक्टर डाइ नामक यस्तो रसायन राखिएको हुन्छ । यदि कोही मानिसले स्विमिंग पुलभित्र पिसाब फेरेमा यो रसायन पानीसँग मिलेर पानीको रंग निलो बन्दछ । यसरी पानी निलो भयो भने स्विमिंग पुलमा कसैले पिसाब फेर्यो भन्ने थाहा भइहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment