Comments Add Comment

प्रहरी अस्पतालका एसएसपीविरुद्ध अख्तियारमा मुद्दा दायर

२४ असार, काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी डा. महेशमान प्रधानविरुद्ध अख्तियारले झूठो विवरण पेश गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

CIAA-Nepal२०५९ सालमा डिएसपीबाट प्रहरी अस्पतालमा प्रवेश गरेका एसएसपी प्रधानले आइएसी र बिएससीको प्रमाणपत्रमा जन्ममिति सच्याएको भेटिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा झुठो विवरण पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी अस्पतालमा कार्यरत एसएसपी प्रधान अख्तियारले अनुसन्धान सुरु गरेलगत्तै विदामा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment