Comments Add Comment

थारुवानले सार्वजनिक गर्‍यो असहयोग आन्दोलन

tharu1२४ असार, काठमाडौ । आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ ।

समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म नेपाल सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, सो समयमा थारु समुदायले हातमा कालोपट्टी बाँध्ने थरुहट जिल्लाका प्रत्येक घर, चोक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दीयो, टुकी र मैनबत्ती बाल्ने छ ।

त्यसैगरी पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाँधेर लाल्टीन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौंको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउँसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दीयो र मैनबत्ती बालेर मुखमा कालो पट्टी बाँधी धर्ना दिने कार्यक्रम पनि छ । साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाईमा पुर्‍याउने गरी मनाइने संघर्ष समितिले जनाएको छ ।

समितिले संवैधानिक परिषद, न्यायपरिषद, मन्त्रिपरिषदले राज्यको विभिन्न अंग, निकाय र तहमा भएाक मनोनयन र नियुक्तीहरु संघीय गणतान्त्रिक संविधानको मर्म र प्रस्तावना विपरित रहेको भन्द गम्भीर आपत्ति प्रकट गरेको छ ।

समितिका सदस्य राजकुमार लेखीले थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताए ।

उनले मधेसी मोर्चा र संघीय गठबन्धन देश टुक्राउने र कुनै जातिलाई लखेट्ने उद्देश्यले नभएको भए आफूहरुसँग सहकार्य हुन सक्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment