+
+

खुल्लामञ्चमा अनसनको विकल्प खोज्न थालियो

वर्षा छल्न प्रचारात्मक आन्दोलन गर्ने संघीय गठवन्धनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते १६:३२

anasan

२४ असार, काठमाडौं । संघीय गठवन्धनले वर्षायाम कटाउन साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्ने तयारी गरेको छ ।

मधेसी मोर्चा र जनजाति सम्वद्ध दलहरु मिलेर बनेको गठवन्धनले अहिले खुलामञ्चमा १२ घन्टे रिले अनशन गरिरहेको छ ।

तर, माग पूरा हुनुको सट्टा गठवन्धनलाई सरकारले वार्तामा समेत बोलाएको छैन । सरकारले भने वार्ताको आहृवान गर्दै मधेसी मोर्चालाई मात्रै पत्र पठाइरहेको छ ।

संघीय गठवन्धनको शुक्रबार बसेको सचिवालय बैठकमा भावी कार्यक्रमको खाकाबारे छलफल गरेको छ । ‘वर्षा छल्न प्रचारात्मक आन्दोलन गर्ने संघीय गठवन्धनको तयारी कटाउनु छ, त्यसैले साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्दैछौं’ मोर्चाका नेताले भने, ‘आगामी कार्यक्रमबारे छलफल चलिरहेको छ ।’

पूर्वनिर्धारित तालिकाअनुसार खुलामञ्चमा भइरहेको अनसन भने यो महिनाको अन्त्यसँगै सकिने छ । ३० र ३१ गते अनसनमा व्यापक जनप्रदर्शन गर्ने सचिवालयको निर्णय छ ।

एक नेताका अनुसार साउन १५ सम्म खुलामञ्चमा जारी रिले अनसन लम्ब्याउने प्रस्ताव आएको छ । विकल्पका रुपमा जिल्ला सदरमुकामहरुमा रिले अनसन बस्ने प्रस्ताव पनि आएको छ ।

सचिवालयले तयार पारेको दुबै प्रस्तावबारे मधेसी मोर्चाको २७ गते बस्ने बैठकमा छलफल हुनेछ ।

गठवन्धनले दुई महिना प्रचारात्मक आन्दोलन गर्ने र असोजबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?