Comments Add Comment

दुई भारतीय लुटेरा पक्राउ

२५ असार, कञ्चनपुर । शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ ।

Thiefजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पद्म थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको जानकारी दिए ।

बजारको सब्जीमण्डीमा किनमेल गरिरहेका स्थानीय एक महिलाको सुन लुछेर फरार भएका दुबै भारतीय भारततर्फ भागिरहेका बेला प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताए ।

उनीहरुको साथबाट लुटेर लगेको सिक्री र एक थान भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको दुबैजना नेपालमा लुटपाट र चोरीका घटनामा संलग्न हुँदै आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment