+
+

तीज गीतमा पार्वतीदेखि दमनसम्म मोडलिङमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते १६:५८

Damanकाठमाडौं । ‘अहिले माईतघरमा सट दिँदै छु । दिउसो दरवार मार्गमा सुटिङ हुन्छ’ तीजको नयाँ भिडियो सुटिङवारे जानकारी दिँदै कोमल वलि भन्दै थिइन् । पोई सिरिजमा अन्तिम तीज गीत गएको दाबी गर्ने कोमल एक हप्तामा भिडियो सार्वजनिक गर्ने योजनामा छिन् ।

पशुपति शर्मा, खुमन अधिकारी, सुनिता दुलाल, श्रीदेवि देवकोटा, राधिका हमाल लगायत धेरै गायक गायिका अहिले तीज गीतमा ब्यस्त छन् । कोही रेकडिङमा छन् त कोही भिडियो सुटिङमा ।

नेपाली पात्रोमा उल्लेख भए अनुसार तीज आउन अझै डेढ महिना बाँकी छ । तर, नेपाली गायक गायिकालाई भने झ्याप्पै तीज लागीसक्यो ।

‘हामीलाई त तीज लागिसक्यो, साउनभरिमा त हाम्रो गीतको प्रमोशन गरिसक्नुपर्छ’ कोमलले भनिन् । गीत रेकडिङ र भिडियो निर्माण पछि स्वदेश र विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पर्ने भएकाले पनि अहिले सुटिङ गरेको उनको भनाई थियो ।

खुमन अधिकारीसंग गाएको गीत पंखा चलाईदेउ तिन दिन अघि नै युट्युबमा राखिसकिन् रमिला न्यौपानेले । पोहोर साल विभिन्न कार्यक्रममा सहभागी हुँदा भिडियो बनाउन अलि ढिला भएको अनुभव गरेकी रमिलाले यसपाली सबैलाई जितिन् । ‘हो यसपाली चाँडै भयो’ रमिलाले भनिन् ‘सुरुमै आएको भिडियोलाई दर्शकले पनि राम्रो रेस्पोन्स गर्नुहुन्छ’।

अर्कि गायिका मिना लामाले पनि पनि हामी नेपाली नारी हौं बोलको भिडियो सार्वजनिक गरिसकेकी छिन् । केहि दिनपछि धेरै भिडियो आउने धारणा राख्ने मिना थोरै भिडियाको विचमा आफ्नो गीतलाई दर्शकले ‘मार्क’ गर्न बताईन् ।

सोनिका लामा केसी र निश्चल बस्नेतले हाँस्य शैलिको गीत ल्याएका छन् उखल्दिम्ला दार्‍ही । सोनिकाको साथै दमन रुपाखेतीले समेत अभिनय गरेका छन् ।

खुमन अधिकारी र राधिका हमालले गाएको कोरियाको लाहुरे अहिले चर्चामा रहेको गीत हो । पार्वती राईले मोडलिङ गरेको उक्त भिडियो युट्युबमा राखेको २४ घण्टा भयो । ‘दर्शकको रेस्पोन्स निकै राम्रो पाएको छु’ खुमन अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?