Comments Add Comment

रोनाल्डोलाई मेस्सीभन्दा उत्कृष्ट सावित गर्ने मौका

Cristiano_Ronaldo

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको करिअरमा उनको लडाई मूख्यतः लिओनल मेस्सीसँग रहृयो । जो केहि दिनअघिमात्र दुनियाँको सबैभन्दा उत्कृष्ट खेलाडी बन्नबाट चुकेका थिए ।

यदि इतिहासले उनीहरुबीचको सर्वश्रेष्ठता परिक्षण गर्ने अन्तराष्ट्रिय फुटबलको प्रमाण माग्यो भने अहिलेसम्म दुबैको उपलब्धि शून्य छ । तर पोर्चुगिज कप्तान रोनाल्डोलाई भने आइतबार हुने युरो २०१६ को फाइनल खेल मेस्सीभन्दा आफु उत्कृष्ट भनेर देखाउने उपयुक्त अवसर बनेको छ ।

रोनाल्डोको फर्म र एटिच्युड युरोको प्रत्येक खेलपिच्छे सुधार भइरहेको छ र उनको कप्तानीमा रहेको पोर्चुगलले आइतबार घर्लु टोली फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

फाइनलमा आयोजकलाई हराएर यदि उनले ट्रफी उचाले भने यो उनको अविश्वसनीय खेलजीवन मात्र हुने छैन, विश्वभर विभाजित समर्थकको बहसको बिषय पनि एउटै हुनेछ ।

पछिल्ला बर्षहरुमा रोनाल्डो र मेस्सीबीच उत्कृष्ट खेलाडी छनौट गर्दा थोरै अन्तर रहन्थ्यो । उनीहरुले जितेको ट्रफी र स्कोरिङ चार्टका आधारमा बर्ष खेलाडीको घोषणा हुने हो ।

पछिल्लो ८ बर्षमा फिफा बेलुन डि’ओरको उपाधिमा रोनाल्डो र मेस्सी बाहेक अरुले आँखा लाउन सकेका छैनन् । मेस्सीले ५ र रोनाल्डोले ३ पटक यो उपलब्धि हासिल गरेका छन् । यसमा उनीहरुको व्यक्तिगत योग्यतालाई आधार बनाइएको थियो । त्यसपछि समर्थक र फुटबल पण्डीतहरुको असङख्य तर्कको के कुरा गर्नु !

तर पनि दुबैले अहिलेसम्म महादेशीय र विश्वकपमा अहिलेसम्म उपाधिको स्वाद चाख्न पाएका छैनन् ।

Messi-Vs-Ronaldo

दुनियाँको सबैभन्दा ठूला क्लबहरु रियल मड्रिड र बार्सिलोनाका स्टारद्वयको प्रतिस्पर्धाले पछिल्लो एक दशकदेखि विश्व फुटबल गर्माइरहेको छ । र अहिले त्यो निर्णायक क्षण आएको हुनुपर्छ ।

समय सबैथोक हो । क्लब फुटबलमा जित्न बाँकी केहि नराखेका मेस्सी गत महिना भएको कोपा अमेरिकाको फाइनलमा चिलीसँग लगातार दोस्रोपटक पराजित हुँदै विश्वका उत्कृष्ट खेलाडी बन्न असफल रहे ।

यो पीडा सहन नसकेर उनले अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्यास नै लिने घोषणा गरे । त्यसअघि उनको प्रेरणामा रहेको अर्जेन्टाइन टोली दुई पटक कोपा अमेरिका र एक पटक विश्वकपको फाइनलमा पुगेर चुकेको थियो । दोस्रो हुनेलाई आखिर कसले पो सम्झन्छ र ?

त्यसको केहि साता नवित्दै आइतबारको फाइनलमा रोनाल्डोलाई दुईबीचको बहस सदाका लागि अन्त्य गर्न शताब्दीकै महान खेलाडीमध्ये एक बन्ने बाटो खुल्नेछ । यदि त्यस्तो भएमा उनी तीनै महान खेलाडीको दाँजोमा पुग्नेछन्, जसले अन्तराष्ट्रिय सफलता चाखेका छन् ।

पेले, डिएगो म्याराडोना, जिनेदिन जिदान, फ्रेन्च बेकेन्बउर र मिचेल प्लाटिनी सबैले अन्तर्राष्ट्रिय ट्रफी जितेका छन् र उनीहरुलाई आफ्नो पुस्ताको महान खेलाडी मानिन्छ ।

यसमा दुई मत छैन कि रियल मड्रिडका सुपरस्टार रोनाल्डो पनि यो सूचीमा आफ्नो नाम थप्न चाहन्छन् । र उनी अहिले राम्रो लयमा पनि देखिएका छन् ।

३१ बर्षीय रोनाल्डोले सन् २००४ को फाइनलमा ग्रीससँग पराजित भएपछि डेब्यू पर्तियोगितामै उपाधि जित्ने अवसर गुमाएका थिए । तर अहिले टोलीलाई उनैले नेतृत्व गरेका छन् र भोलि सम्भवतः उनको खेल जीजनको सबैभन्दा ठूलो र अन्तिम परीक्षा फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment