असार २५, बुटवल । बुटवलबाट पश्चिम जोड्ने तिनाउपुलमा कालोपत्रे गरेको १५ नबित्दै उप्किएको छ । जेठको अन्तिम साता सडक विभागअन्तर्गतको पुल योजना सेक्टर नम्बर ३ नेपालगञ्जले गरेको काम गुणस्तरहीन भएको प्रमाणित भएको छ । अहिले पुलको सतहमा कालोपत्रै उप्किएर खाल्डा परेको छ ।
अहिले पुलका बिभिन्न भागमा कालोपत्रे उप्किएर सवारी आवागमनमा समेत समस्था थपिएको छ । पुलमा सयौं खाल्डा देखिका छन् । २०३८ सालमा निर्माण भएको यो पुल जीर्ण भएपछि पुल थर्कने र जोवेन्ट समेत हल्लिने समस्या भएका कारण मर्मत गरिएको हो ।
दिनहुँ हजारौं सवारी र सयौं यात्रुहरु सोहि पुल भएर हिड्ने गर्छन् । पुलको मर्मतका नाममा भएको गुणस्तरहीन कामको स्थानीयले बिरोध गरेका छन् ।
तर पुल योजना सेक्टर नं ३ नेपालगञ्जका डिभिजन इन्जिनियर गणेश गौतमले भने मर्मतका बेला दिनहुँ पानी परेकाले उप्किएको स्वीर्काछन् ।
ट्राफिक जाम हुने कारण एकै दिनमा रातारात काम गर्नुपरेको बताए । उनले पुनः मर्मत गरिदिने पनि जनाए । यो पुल २०३८ सालमा निर्माण भएको थियो ।
केही महिना पहिलादेखि तिनाउ नदीको फाउण्डेसनलाई जोगाउनको लागि नदीमा चेक ड्याम निर्माण गरिएको छ ।