Comments Add Comment

युरो फाइनलः सिंगो फ्रान्स भर्सेस रोनाल्डो

Ronaldo

काठमाडौं । क्रिटियानो रोनाल्डोले २००४ को युरोकपमा १९ वर्षको उमेरमा डेब्यू मात्र गरेनन्, पोर्चुगललाई फाइनलसम्म पुर्‍याउन सहयोग गरे ।

तर, ग्रिहारेपछि रुँदै मैदान छाड्नु पर्‍यो । त्यसपछि पोर्चुगल कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा पुग्न सकेन ।  ‘उनी मात्र १९ वर्षको थिए, एउटा वालक जस्तो’ २००३ देखि ०९ सम्म म्यानचेष्टर युनाइटेडमा टिममेट रहेका रिओ फर्डिनान्डले भनेका छन्, ‘मलाई उनको प्रतिक्रिया अझै याद छ ।’

त्यसबेला रोनाल्डो युवा थिए । उनले छिट्टै अर्को फाइनल खेल्ने आश पनि गरेका थिए होला । किनकी त्यसपछि क्लब फुटबलमा उनले एकपछि अर्को सफलता पाए र जित्न बाँकी केही छैन ।

तर, यसका लागि रोनाल्डोलार्इ १२ वर्ष कुर्नु पर्‍यो । र, अहिले पोर्चुगल युरो २०१६ को फाइनलमा पुगेको छ र घरेलु टोली फ्रान्सविरुद्ध आइतबार खेल्दैछ ।

Ronaldo-1

र, यसलाई देशलाई ठूलो उपाधि दिलाउने र आफ्नो करियरलाई पूर्णता दिने रोनाल्डोको अन्तिम अवसरका रुपमा समेत हेरिएको छ । ‘मलाई लाग्छ यसबारे रोनाल्डो सचेत छन्’ फर्डिनान्डले भने, यसले उनलाई झन खतरानाक बनाएको छ । र, उनी यो मौकालाई गुमाउन चाहँदैनन् ।’

पछिल्लो केही वर्षहरुमा रोनाल्डो विश्वकै उत्कृष्ट फुटबलर मध्ये एक हुन् । र, पोर्चुगलको फाइनलसम्मको यात्रामा उनको प्रेरणादायी प्रदर्शन छ ।

युरो २०१६ मा बीबीसी फुटबल पण्डित रहेका फर्डिनान्डले भनेका छन्, ‘त्यो देश (फ्रान्स)का हरेक मानिस क्रिष्टियानोविरुद्ध हुनेछन् । किनभने उनीहरुलाई थाहा छ कि रोनाल्डोले कुनै पनि बेला उनीहरुको सपना चकनाचुर पार्न सक्छन् ।’

उनका अनुसार ठूला खेलहरुमा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन् । यसको उदाहरण विश्वकप २०१४ को प्ले अफमा स्वीडेनविरुद्ध गरेको हृयाटि्रक छ । र, फान्सका खेलाडी र समर्थकहरुले सेमिफाइनलमा वेल्स्सिवरुद्धको खेल पनि हेरेका छन् ।

फुटबलका माइकल जोर्डन !

रोनाल्डोले वेल्सविरुद्धको खेलका क्रममा युरोपियन च्याम्पियनसिपमा मिचेल प्लाटिनीले बनाएको नौ गोलको कीर्तिमान भेट्टाएका छन् । र, सर्वाधिक ५ गोल हेड गोल गरेका छन् । जसमध्ये दुई गोल फ्रान्समा भएको छ ।

Ronaldo-Head

खासगरी वेल्सविरुद्ध गरेको उनको हेड गोल निकै उत्कृष्ट थियो । ५ फिट १० इन्चका उनी उफि्रएर ७ फिट १० इन्चमा पुगेका थिए र उनको हेड गोललाई वेल्सका किपरले रोक्ने मौका नै पाएनन् । ‘उनले बलसँग सँधै (प्रदर्शन) अद्भुत गर्छन् । तर, सुरुमा युनाइटेड आउँदा पनि उनको एयर वल उत्कृष्ट थियो’ रिओले भने । 

रियल मड्रिडबाट लगातार ५ सिजन ५० गोल गरेका उनले हेडमार्फत धेरै नै गोल गरेका छन् र मैदानमा जसरी दौडिन्छन्, उनलाई फुटबलमा बास्केटबल लेजेन्ड मिचेल जोर्डनका रुपमा लिइन्छ । ‘उनी जसरी उफ्रन्छन् र हावामा झण्डिन्छन् यो जोर्डन जस्तै छ’ फर्डिनान्डले भनेका छन्, ‘र, उनले जहाँ चाहन्छन्, त्यहाँ बललाई पावरका साथ हान्न सक्छन्’ उनले अघि भने, ‘उनले २००८ को च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रोमाविरुद्ध गरेको हेडर म सँधै सम्झन्छु ।’

रोनाल्डोसँगै उनका टिममेट नानीको हेड क्षमता पनि युरो २०१६ को फाइनलमा फ्रान्सका लागि टाउको दुखाइको विषय बनेको छ ।

मेस्सीलाई जित्ने मौका

आइतबारको खेलमा रोनाल्डोका लागि व्यक्तिगत सफलताको पनि अवसर छ । उनले विश्वको उत्कृष्ट फुटबलरको दौडमा चिरप्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनाल मेस्सीलाई पछि पार्न सक्नेछन् ।

Messi_arjentina

मेस्सीले अहिलेसम्म देशका लागि कुनै ठूलो उपाधि दिलाउन सकेका छैनन् । चौथो पटक फाइनलमा चुकेपछि उनले हालै मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् ।

यदि रोनाल्डोले युरोकप जितेमा उनका लागि यो महत्वपूर्ण हुनेछ’ फर्डिनान्डले भने । साथै उनीहरुबीच चल्दै आएको देश र क्लबका लागि कसले धेरै सफलता दिलायो भन्ने दौडमा पनि रोनाल्डोलाई अगाडि देखाउनेछ । तर, यो त्यति सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment