Comments Add Comment

इन्धन आपूर्तिबारे छलफल गर्न नेपाली टोली चीन जाँदै

कोइला प्लान्ट निर्माण गरिदिने आश्वासन

petrol-oil-pump-tel२६ असार, काठमाडौं । इन्धन आपूर्ति गर्ने विषयमा छलफल गर्न नेपाली टोली आज चीन जाँदैछ ।

आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वको पाँच सदस्यीय टोली चीन जान लागेको लागेको हो ।

नेपाल आय निगमका अनुसार सचिव सापकोटाको नेतृत्वमा सोही मन्त्रालयका उपसचिव अर्जुन पन्त, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, निगमका पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह टोलीमा सहभागी हुनेछन् ।

पाँच दिने भ्रमणको क्रममा टोलीले इन्धनको वैकल्पिक उपायका बारेमा चीनका विभिन्न स्थानमा अध्ययन र छलफल गर्ने कार्यक्रम रहेको छ ।

इन्धन आपूर्तिमा भारतीय एकाधिकारको विकल्प खोज्न नेपाली टोली चीन भ्रमणमा जान लागेको हो । नाकाबन्दीका समयमा सरकारी प्रयास अन्तर्गत ३३ प्रतिशत पेट्रोलियम चीनबाट आपूर्ति गर्न आवश्यक छलफल तथा अध्ययनका लागि नेपाली टोली बेइजिङ जान लागेका हो ।

ग्याससहित अन्य पेट्रोलियम पदार्थको विषयमा निजी र सरकारी अधिकारीसँग छलफल गरिनेछ ।

कोइला प्रयोग गरी प्रशोधन केन्द्रमार्फत पेट्रोल उत्पादन गर्न सफल भएको चीनको नव प्रविधि प्लान्टको विषयमा भ्रमण केन्द्रित रहेने छ ।

चिनियाँ अधिकारीले प्लान्ट भ्रमण अवलोकन गर्न नेपाली टोलीलाई आमनत्रण गरेका थिए । चिनियाँ पक्षले प्रविधि उपयुक्त लागको अवस्थामा नेपालमा पनि त्यस्तै प्लान्ट निर्माण गरिदिने आश्वासन दिएको छ ।

भारतको नाकाबन्दीपछि गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा नेपालमा पेट्रोलियम आपूर्ति गर्ने र नेपालमा तीन स्थानमा भण्डारण केन्द्र खोल्ने समझौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment