Comments Add Comment

स्तन क्यान्सर विरुद्ध १६ सय किलोमिटर टपलेस यात्रा

naked-compaign2अमेरिकामा बस्नेे एक महिलाले अर्धनग्न भएर १६ सय किलोमिटरको यात्रा पूरा गरेकी छिन् । पोलेट लिफार्ट नामकी ती महिलाले आफ्नो अर्धनग्न यात्राबाट अनुपम अनुभव प्राप्त भएको र आफुलाई भगवान सँग हिँडेजस्तो लागेको बताइन् ।

उनी कपडा नभएर वा दिमाग खुस्केका कारण यसरी अर्धनग्न भएर हिँडेकी होइनन् । स्तन क्यान्सरप्रति जनचेतना जगाउन उनले यसोे गरेकी हुन् ।

लिफार्ट आफैपनि स्तन क्यान्सर पीडित हुन् । स्तन क्यान्सरको अपरेशनपछि उनी अहिले निको भएकी छिन् । आफु बाँचेपछि अरु महिलालाई यस बारेमा जनचेतना जगाएर बँचाउनका लागि उनले मिसिसिपी देखि वाशिंगटन सम्मको अर्धनग्न यात्रा गरेकी हुन् । मानिसहरुमा रहेको परम्परागत धारणा तोड्नका लागि आफुले टपलेस भएर यात्रा गरेको उनको भनाइ छ ।

उनको यो टपलेस यात्रा बारेमा यसअघि नै सोसल मिडिया तथा इन्टरनेटमा खुबै चर्चा भएको थियो । ४९ वर्षकी लिफार्टले आफ्नो यात्रालाई एक भिडियोमा समेटेकी छिन् । उक्त भिडियोको नाम स्केरी स्टोरी राखेकी छिन् ।

लिफार्टको अर्धनग्न यात्रा क्रममा उनलाई उनका ४ जना छोरीले साथ दिएका थिए । छोरीहरुसँगै फिल्म निर्माता एमिली म्याकेन्जी पनि उनीसँगै यात्रामा रहेकी थिइन् । अब एउटा संस्था खडा गरेर एकल आमाहरुका यस्ता समस्याको समाधानका लागि पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment