+
+

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १७:२९

२६ असार, काठमाडौं । सरकारले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको छ ।

gaida
फाइल फोटो

मन्त्रिपरिषदको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो ।

सूचना तथा संचारमन्त्री शेरधन राईले अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा सञ्चालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यस्तै निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ ।

नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री राईले जानकारी  दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तयार पार्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?