Comments Add Comment

अब घडीजस्तै नाडीमा बाँध्ने स्मार्टफोन

आउँदो पाँच वर्षमा तपाइँको नाडीमा बाँध्न सकिने मोबाइल फोन बजारमा आउने छन् । लेनेभो मोबाइल बिजनेस ग्रुपका सह अध्यक्ष एमार डी लेंक्वेसेंगले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् ।

smartphoneउनका अनुसार सन् २०२० सम्ममा मानिसको नाडीमा बाँध्न सकिने खालका लचिलो स्मार्टफोन बजारमा आउनेछन् । हालै आयोजित लेनेभो टेक वल्र्डमा कम्पनीले यस्तो लचकदार फोनको प्रोटोटाइप पेश गरेको छ ।

लेनोभो टेक वल्र्डमा चिनिया निर्माता कम्पनी लेनोभोले फरक फरक डिग्रीसम्म घुमाउन सकिने दुइवटा फोनका नमूना अर्थात डेमो पेश गरिएको थियो । यसमा ८ इन्चको एक ट्याबलेट थियो जसलाई पूरै आडधाआधाी मोड्न सकिन्थ्यो ।

अर्को स्मार्टफोन ४.२६ इन्चको थियो जसलाई मानिसको नाडीमा बाँध्न सकिन्छ । दुबै डिभाइसले गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टममा काम गर्नेछन् ।

लेनोभोले आफ्नो लचकदार फोनलाई सुरुमा एसियाली बजारमा बिक्रि गर्नेछ । दक्षिण कोरियाली कम्पनी सामसुंगले पनि स्त्रिmन फोल्ड गर्न सकिने फोनको विकाश गरिरहेको छ । जुन सन् २०१७ सम्ममा बजारमा आइसक्नेछ ।  त्यस्तै एलजीले पनि पारदर्शी डिस्प्लेको आफ्नो प्रोजेक्टमा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment