Comments Add Comment

आलियादेखि दीपिकासम्म एक्लोपनाको शिकार

deepika anuska and aliya
नाम, दाम, इज्जतको वरिपरी घुम्ने गरेका बलिउडका चर्चित नायिकाहरु पनि एक्लोपनको शिकार हुन्छन् भन्ने कुरालाई के तपाई पत्याउनुहुन्छ । तर, करिअरमा सफलता र असफलताको दौडमा बलिउड नायिकाहरुले धेरै कुरा पाए पनि एक्लोपनको शिकार हुने गरेका छन् । जसले गर्दा उनीहरुलाई डिप्रेशनको शिकार हुनुपरेको छ ।

मुख्तयता, एउटा चलचित्र गरेपछि दोश्रो के भन्ने प्रश्नले उनीहरुलाई घेर्छ । यतिमात्र होइन, आफूलाई अफर आएको चलचित्र अर्की नायिकाले खोसिदिदा पनि बलिउड नायिकाहरु डिप्रेशनको शिकार हुने गरेका छन् ।

नायिका आलिया भट्ट भन्छिन्-‘कुनै चलचित्रको टिमसँग ५० दिन एकसाथ काम गर्दा नजिक भइन्छ । तर, जब उनीहरुसँग छुट्टएिर अलग बस्नुपर्छ, एक्लो महशुश हुन्छ ।’ आलियाले एक्लो हुँदा टीभी हेर्ने र आइसक्रिम खाने गरेको सुनाइन् ।

नायिका दीपिका पादुकोण पनि डिप्रेशनको शिकार भैसकेकी छिन् । पूर्व प्रेमी रणवीर कपुरसँग अलग भएपछि दीपिका एक्ली भएकी थिइन् । पछि, उनको प्रेम रणवीर सिंहसँग भयो ।

रणवीर सिंहसँगको प्रेममा असफल भएपछि नायिका अनुष्का शर्मा पनि एक्ली भइन् । उनको हातबाट चलचित्र ‘इशकजादे’ पनि फुत्कियो । अनुष्काले अब यशराज ब्यानरको चलचित्र नै पाउँदिनन् भन्ने चर्चा खुबै भयो । जसले अनुष्का डिप्रेशनको शिकार भएकी थिइन् । प्रेमी विराट कोहलीसँगको प्रेममा खटपट भएपछि पनि अनुष्का एक्लो महशुश गर्थिन् ।

दौडधुप, करिअरको चिन्ता, प्रेम र ब्रेकअपले बलिउडका थुप्रै नायिका एक्लो महशुश गर्छन् । मिडियामा दैनिकजसो आउने गसिप, चर्चा, हल्लाले पनि उनीहरुलाई डिप्रेशनको शिकार बनाइरहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment