२७ असार, काठमाडौं । जेएमई रेमिट प्रालि र मलेसियाको ट्रयाङ्लोे एसबीएन बिएसडीबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । जापान लगायतका अन्य मुलुकबाट रेमिट्यान्स भित्राईरहेको जेएमईले आफ्नो सञ्जाल बढाउने क्रममा ट्रयाङ्लोेसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको हो ।
सम्झौतापत्रमा जेएईको तर्फबाट जेएमई रेमिट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशी तथा ट्रयाङ्लोका तर्फबाट सिईओ सिया हुई योंगले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब मलेसियामा रहेका ९ लाखभन्दा बढि नेपालीले मलेसियाका ३० भन्दा बढी कम्पनीले ट्रयाङ्लोमार्फत् पठाएको रेमिट्यान्स् जेएमईका ३५ सय भन्दा बढी एजेन्ट तथा सव एजेन्टबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापछि जेएमईका अध्यक्ष जोशीले भने, ‘ट्रयाङ्लोसँगको सम्झौतासँगै अब मलेसियामा रहेका नेपालीहरुलाई रकम पठाउन धेरै सहज भएको र यो सम्झौताबाट हामी अत्यन्तै हषिर्त भएका छौं । आगामी दिनमा पनि नयाँ नयाँ छिटो र छरितो रूपमा कारोबार गर्दै जानेछौं ।’
यस्तै ट्रयाङ्लोका सिईओ सियाले भने, ‘हामीले यसभन्दा अघि १० भन्दा बढी मुलुकमा सेवा दिईरहेकोमा नेपालमा पनि जेएमईमार्फत् सेवा दिँदा निकै खुसी छौं । ‘
प्रतिक्रिया 4