Comments Add Comment

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली !

Milk२८ असार, काठमाडौं । प्रतयेक नेपालीले वर्षमा औसत ६४  लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ ।

स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ ।

राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ ।

मुलुकभर वर्षमा उत्पादन भएको दूधलाई जनसंख्याले भाग गरी आएको आकडाका आधारमा प्रतिव्यक्ति दुग्ध उपभोगको तथ्यांक तयार पारिएको आजको कारोबार दैनिकमा समाचार छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन ले भने स्वस्थ्य व्यक्तिले ९२ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ । नेपाली खाद्य आहारका आधारमा सरकारले भने वर्षमा ५७ लिटर मात्र उपभोग गरे पुग्ने मापदण्ड तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment