Comments Add Comment

यसरी भयो एसएमएसको सुरूवात

mobileहामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ?

तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि निकै उपयोगी यो छोटो सन्देश सेवा अर्थात् शर्ट मेसेजिंग सर्भिस, एस एम एसको पहिलोपटक आविष्कार भने फिनल्याण्डका म्याटी मेक्ननले गरेका हुन् । पिज्जा खाँदा खाँदै एस एस एसको अवधारणा फुराएका ६३ वर्षका म्याटीको गत वर्ष नै निधन भैसकेको छ । एस एम एसका पिता म्याटी र एस एम एसको कथा रोचक छ ।

फिनल्याण्डको निजामती सेवाका कर्मचारी मेक्नन सन् १९८४ मा डेनमार्कको राजधानी कोपनहेगनमा एक टेलिकम सम्मेलनमा भाग लिन गका थिए । त्यहाँ भोजनका दौरान उनले दूरसंचार विज्ञहरुसँग एउटा प्रश्न राखे, यदि मोबाइल बन्द भयो भने कोहीसँग कसरी सम्पर्क गर्ने ? विज्ञहरुलेे यसको उत्तर सोँचिरहेका थिए । तर मेक्ननले भने टेक्स्ट मेसेज सर्भिसको अवधारणा निकालिहाले ।

तर सबैले उनको यो अवधारणालाई खारेज गरे । सन् १९८५ मा शोधकर्ता पि|mडहम हिलब्रांड र उनको टोलीसँग मिलेर म्याटीले एस एम एस प्रविधिमा चुपचाप काम सुरु गरे । त्यसपछि सन् १९९२ मा पहिलोपटक मोबाइलमा एस एम एस पठाउन सफल भए । सन् १९९४ मा नोकिया कम्पनीले पहिलोपटम मेसेज टाइपिंग गर्न मिल्ने फोन बजारमा ल्याएसँगै एस एम एस विश्वभर नै लोकपि्रय बन्यो ।

मेसेज पठाउने त्यो सेवा भलै एसएमएसको नामबाट लोकपि्रय बन्यो तर म्याटीले यसको नाम मेसेज ह्यान्डलिंग सर्भिस राखेका थिए । उनले यसलाई कम शव्दमा सन्देश पठाउने माध्यम ठानेका थिएनन् । उनका अनुसार यो सेवा भाषाको विकाशको नयाँ तरिका थियो । म्याटीले आफैले विकाश गरेको यो प्रविधिबाट पैसा कमाउन भने सकेनन् । किनकी उनले यो प्रविधिको पेटेन्ट अधिकार दर्ता गराएनन् । त्यसैले आफुलाई एस एम एसका पिता भन्दा उनी निकै रिसाउँथे ।

म्याटी लामो समयसम्म गुमनाम रहे । हेलसिन्कीको एक पत्रिकाको संवाददाताले लामो शोधपछि म्याटीलाई पत्ता लगाए । निकै कर गरेपछि म्याटीले मेसेजिंग सर्भिसको सुरुवातका पछाडिको रोचक कहानी बताउन तयार भए । त्यसपछि दुनियाले उनको बारेमा जान्न पायो । फिनल्याण्डको सबैभन्दा ठूलो मोबाइल कम्पनी फिननेटको सिइओ समेत रहेका म्याटी ग्राण्ड ओल्ड म्यान अफ मोबाइल इन्डस्ट्रीको नामले समेत चर्चित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment