Comments Add Comment

संसद बैठक तीन बजेसम्म सारियो

२९ असार, काठमाडौं । प्रमुख दलहरू आन्तरिक छलफल र परामर्शहरूमा व्यस्त भएपछि संसदको बैठक अपरान्ह तीन बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको छ ।

CA-Buildingबुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै संसद सचिवालयले बैठक स्थगित गरेको हो ।

संसदको कार्य सूचीअनुसार बुधबार आर्थिक वर्ष २०७३/७४को बजेट पारित गर्ने कार्यक्रम छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएपछि विकसित नयाँ राजनीतिक परिस्थितिको प्रभाव संसद बैठकमा पनि परेको छ ।

संसद भवनमा कांग्रेस र माओवादी संसदीय दलको छुट्टा छुट्टै बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment