Comments Add Comment

संसद बैठक स्वतः स्थगित, बिहीबार ११ बजे बस्ने

Parliament-Building of Nepal

२९ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक बिहीबार बिहान बस्ने गरी स्थगित भएको छ । बिहीबार बिहान एघार बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।

बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच छलफल जारी रहेको भन्दै दिउँसो तीन बजेसम्मका लागि सारिएको थियो । त्यसपछि लगातार दुई घण्टासम्म बैठक बस्न नसकेपछि संसद बैठक स्वतः स्थगित भएको हो ।

संसद नियमावलीमा निर्धारित समयपछि दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेमा स्वतः स्थगित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment