Comments Add Comment

अर्बपतिको अफर: छोरी बिहे गर्नेलाई १८ अर्ब दाइजो

ringअहिले बिहेको लगन छ । यदि तपाइँ पनि बिहे गर्ने मन बनाइरहनुभएको छ भने यो समाचार एकपटक पढ्नुभयो भने थकथकी लाग्नसक्छ । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ ।

वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने घोषणा गरेका छन् । चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् ।

उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् । उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन् । त्यसैका कारणले अर्बपति पिताले छोरीको बिहे गरिदिन यस्तो मोटो रकमको जुक्ति निकालेका हुन् ।

दाइजोको लोभ देखाएर छोरी बिहे गरिदिने यो उनको दोश्रो प्रयास हो । यसपटक उनले अफरको रकम निकै बढाएका छन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसँग बिहे गर्नेलाई झण्डै ७ अर्ब रुपैयाँको प्रस्ताव गरेका थिए । मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसँग बिहे गर्न २० हजार युवकहरुले दरखास्त हालेका भएपनि कोहीपनि सफल भएनन् ।

यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने सेसिलको विश्वास छ । उनले सोसल मिडियामार्फत पनि यो कुराको खुब प्रचार गरेका छन् । आफुले छोरी बिहे गर्ने भन्दै धेरै युवाहरुले उनीसँग सम्पर्क राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment