Comments Add Comment

क्यामरनको चर्चित तस्वीर पछाडिको वास्तविकता

३० असार, काठमाडौं । बेलायतका निवर्तमान प्रधानमन्त्री डेभिड क्यामरनको एउटा तस्वीर सामाजिक सञ्जालमा व्यापक चर्चित बनिरहेको छ ।

Viral Pic of David Cameronतस्वीरमा उनी अंगालोभरीको कार्टुन बोकेर ठसठसी कन्दै हिँडिरहेका देखिन्छन् ।

हालै प्रधानमन्त्री पदबाट हटेपछि सरकारी निवास छोड्ने क्रममा क्यामरन आफैं सामान ओसार्न व्यस्त रहेको भनेर तस्वीरलाई प्रचारित गरिएको छ ।

धेरै देशका नागरिकहरुले यो तस्वीर शेयर गरेर आफ्ना नेतालाई पाठ सिकाउन खोजेका छन् । यसमा नेपालीहरु पनि पछि परेका छैनन् ।

यद्यपि तस्वीरको वास्तविकता भने अलि फरक छ । हो, तस्वीरमा देखिएका व्यक्ति क्यामरन नै हुन् । तर, यो उनी प्रधानमन्त्री हुनुभन्दा अगाडिको तस्वीर हो ।

सन् २००७ मा खिचिएको तस्वीर क्यामरन प्रधानमन्त्री पदबाट हट्दा भाइरल बनेको छ ।

यद्यपि क्यामरनको सराहना गर्ने ठाउँ नै नभएको भने होइन । सन् २००७ मा भलै उनी प्रधानमन्त्री थिएनन्, तर बेलायतको विपक्षी दलको नेता थिए ।

त्यतिबेला लन्डनको नर्थ केन्सिङटोनस्थित नयाँ घरमा सर्दा सामान ओसारमा क्यामरन आफैं भिडेका थिए । तस्वीर उनी घरबाट निस्कँदाको नभएर घरभित्र पस्दाको समयको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment