+
+
Shares

‘कीर्ति स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३० गते ११:१७

३० असार, पोखरा । ‘कीर्ति स्मृति पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । पूर्व सभासद एवम् उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसी र उनकी श्रीमती प्रेमकुमारी केसीले स्वर्गिय पिता कीर्तिबहादुर केसीको नाममा एक लाख राशीको पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

पुरस्कार हरेक वर्ष स्वर्गिय केसीको स्मृति दिवसका दिन चैत १९ गते एक जना पत्रकारलाई प्रदान गरिनेछ ।

केसी दम्पतीले सूर्य-प्रेम समाजसेवी ट्रष्टको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीलाई सञ्चालनको जिम्मेबारीसहित ११ लाखको अक्षयकोष बनाउने सम्झौता गरेका छन् ।

सम्झौतामा केसी दम्पतीको तर्फबाट पूर्व सभासद सूर्यबहादुर केसी र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?