Comments Add Comment

दलहरुका अडानले संसद बैठक अनिश्चित

samsad३१ असार, काठमाडौं । ब्यवस्थापिका संसद बैठक आज बोलाईएको छ । बुधबार बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरी आज १ बजेको लागि सारिएको थियो ।

बुधबारको बैठकमा संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यतालिका रहेपनि बैठक बस्न सकेन ।

सत्तासाझेदार दल माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग प्रधानमन्त्रीको राजीनामा माग गरेपछि बुधबार बैठक आजको लागि सारिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव गराएका छन् । र, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बजेट पारित हुन नदिने बताएका छन् ।

सरकारले आर्थिक बर्ष सुरु हुनु अगावै पारित गर्ने गरी बजेट संसदमा प्रस्तुत गरेपनि अन्तिम दिन आज पनि बजेटसँग सम्बन्धित विधेयक पारित हुने सम्भावना कम छ ।

नेकपा एमालेको हिजोको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने र संसदको डटेर सामना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment